खरसाङमा नेवार जातिको पर्व क्वाँटी पूर्णिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा पालन गरिने

IMG-20250807-WA0104

खरसाङ: खरसाङमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको आयोजनामा यसपाली पनि नेवार जातिको पर्व क्वाँटी पूर्णिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका‌ साथमा पालन गरिने भएको छ।‌ यसै विषयलाई लिएर खरसाङको‌‌ भीमेश्वर मन्दिर परिसरमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सभा सम्पन्न भएको छ।‌ सभामा नेवार समुदायको महत्वपूर्ण पर्व क्वाँटी पूर्णिमा पालन विषयमा चर्चा परिचर्चा गरिएको छ।‌ गत वर्षहरु झैं यसपाली पनि नेवार समुदायको महत्वपूर्ण पर्व क्वाँटी पूर्णिमा आगामी 9 अगस्तको दिन खरसाङमा‌ पालन गरिने भएको छ।‌ उक्त क्वाँटी पूर्णिमाको अवसरमा खरसाङमा लाखे नृत्यसितै विभिन्न सांस्कृतिक झाँकीहरुका साथमा रैली निकालिने र खरसाङको पार्क लोकेशनस्थित गोर्खा सार्वजनिक भवनमा पुगेर विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा क्वाँटी पूर्णिमा कार्यक्रम आयोजना गरिने भएको छ।

उक्त कार्यक्रममा‌ नेवार समुदायको महत्वपूर्ण पर्व क्वाँटी पूर्णिमा विषयमा चर्चा परिचर्चा गरिनुको साथै विभिन्न ओहोदामा पुगेका नेवार समुदायको विभिन्न व्यक्तिहरुलाई सम्मान जनाइने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अलङ्कार प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement