युवा शक्तिद्वारा गाडीधुरामा‌ सिलगढीका‌ भाजपा विधायक शंकर घोषको पुत्ला दहन

IMG-20250807-WA0106

खरसाङ: सिलगढीको हाकिमपाढामा भएको घटनालाई लिएर सिलगढीका भाजपा विधायक शंकर घोषको बयानको विरोध जनाउँदै युवा शक्तिले गाडीधुरामा उनको पुत्ला दहन गरेको छ।‌ युवा शक्तिको आयोजनामा खरसाङ महकुमा अन्तर्गत गाडीधुरा बजारको शहीद मेजर दुर्गा मल्लको सालिग अघिको चौकमा सिलगढीका भाजपा विधायक शंकर घोषको पुत्ला दहन गरेका छन्।‌ पुत्ला दहन कार्यमा युवा शक्तिले ‘भारतीय गोर्खालाई विदेशी भन्ने भाजपा विधायक शंकर घोष मुर्दावाद’ को नारा लगाएका छन्।‌ भाजपा विधायक शंकर घोषको पुत्ला दहन कार्यमा युवा शक्ति केन्द्रीय उपाध्यक्ष अनुप गदाल र भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले सम्बोधन गरेका थिए। दुवैले आफ्नो सम्बोधनमा सिलगढीको हाकिमपाढामा भएको घटनामा सिलगढीका भाजपा विधायक शंकर घोषले बाहिरबाट आएर भन्ने दिएको बयानको घोर विरोध जनाउँदै गोर्खाजरुमाथि विधायक शंकर घोषको टिप्पणीलाई सहने छैन भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement