भाजपा द्वारा उत्तरबंग विश्वविद्यालयको प्रवेशद्वार अघि विक्षोभ प्रदर्शन

IMG_20220920_153425.png

सिलगढी: उत्तरबंग विश्वविद्यालयका उप-कुलपति तथा एसएससी का पूर्व चेयरम्यान सुबिरेश भट्टाचार्यलाई एसएससी नियुक्ति घोटालाको मामलामा पक्राउ गरेपछि आज भाजपाद्वारा उत्तरबंग विश्वविद्यालयको प्रवेशद्वार अघि विक्षोभ प्रदर्शन गरियो। उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिलाई पक्राउ गरेपछि त्यहीँ राती उत्तरबंग विश्वविद्यालयमा कतिपय आवश्यक कागज पत्र जलाएको विषयलाई लिएर आज भाजपा नेता तथा कार्यकर्ताहरूले आवाज उठाउँदै चाँडै उप कुलपतिले पद त्याग गर्नुपर्ने माग गर्नको साथै विक्षोभ प्रदर्शन गरे। यस सम्बन्धमा भाजपा युवा मोर्चाका सभापति अरिजीत दासले भने, उत्तबंग विकासमा बारम्बार वञ्चित भइरहेको साथै भ्रष्ट मानिसहरूलाई मात्र उत्तर बंगालमा पठाइरहेको छ। कतिपय आवश्यक कागज पत्र जलाउने उत्तरबंग विश्वविद्यालयका कर्मचारीहरूलाई पनि चाँडै पक्राउ गरिनुपर्ने तिनले माग गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement