सौरेनी मेची डिभिजनको कमानमा बोनसको मांग गर्दै गेट मिटिङ

IMG_20220920_152711.jpg

मिरिक: दशै लागिसक्यो तर पहाडको चियाकमानमा प्रतिवर्ष झै यस वर्ष पनि बोनसको समस्या ज्युको त्यु छ।आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सौरेनी पानीघट्टा समष्टि अनि एचपीडब्ल्युयु-ले टीका राणाको अध्यक्षतामा मिरिक सौरेनी मेची डिभिजनको चियाकारखाना परिसरमा चिया श्रमिकहरूको उपस्थितिमा आज गेटसभाको आयोजना गरियो।
एनबी लिम्बू पार्टी प्रचार सचिवले आजको गेट सभामा उपस्थित श्रमिकहरूले यसपाली २० प्रतिशतको दरले चिया श्रमिकहरूलाई एक किस्तामा पुजा बोनस वितरण गरिनु पर्ने माग गरिएको जानकारी गराए। गेट सभालाई एचपीडब्लयू समष्टि उपाध्यक्ष शितल खवास, टीका राणा आदिले सम्बोधन गर्दै चिया श्रमिकहरूलाई कमानका मालिकहरूले दशैं अघि नै एक किस्तामा २० प्रतिशतको दरले बोनस वितरण गर्नु पर्ने कुरोमा जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement