मिरिक: पश्चिम बंगाल सरकार अधिनस्थ सुष्म लघु उघाेग विभागबाट मंगलबार मिरिक नारी सेवा समितिलाई ३८ वटा लुगा सिलाँउने मशीन प्रदान गरियाे। यस अवसरमा डीआईसीका पूर्व चेयरम्यान एलटी भूटियाले अवकाश ग्रहण गरेपछि विदाई अनि अभिनन्दन कार्यक्रम पनि गरियाे।मिरिक नारी सेवा भवनमा राज्यसभा संसद श्रीमती शान्ता छेत्रीकाे अध्यक्षता अनि राङभाङ भेल्ली अन्चल साेसाइटी, साेसाइटी सचिव विक्रम प्रधानकाे संचालनमा भएकाे कार्यक्रममा जीटीए उधाेग कार्यकारी निर्देशक एल दावा फिन्जाे, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, सभासद रतन थापा, गैर सरकारी संस्था भर्नाज्याेति एडुकियरका निर्देशक सन्दीप दास आदि उपस्थित थिए। स्वागत राभा अन्चल निर्देशक पेम्बा भूटियाले स्वागत भाषण प्रस्तुत गरेपछि शुरू भएकाे कार्यक्रममा विभाग मार्फत ३८ वटा लुगा सिलाँउने मशिन मिरिक नारी सेवा समितिका अध्यक्ष श्रीमती मीना सुब्बालाई प्रदान गरियाे।

बेराेजगारहरूलाई राेजगारकाे क्षेत्रमा अग्रसर बनाँउने उदेश्यले उक्त लुगा सिलाँउने मशिन प्रदान गरिएकाे जसबाट विभिन्न किसिमकाे लुगा सिलाएर विक्री गरेर आमदानी गर्न सकिने विभागीय अधिकारीहरूले बताए। यस अवसरमा बाेल्दै राज्य सभा सांसद श्रीमती शान्ता छेत्रीले राज्य सरकारले बेराेजगारहरूलाई राेजगारकाे क्षेत्रमा अग्रसर गराँउन विभिन्न याेजनाहरू तयार पारेकाे जस अन्तर्गत नै मिरिकमा विभिन्न काेअपरेटिभ साेसाइटीहरूलाई लिएर कार्यक्रम गरिएकाे बताइन्। तिनले सरकारले सबैलाई नाेकरी प्रदान गर्न सक्दैन तर राेजगारमुखी तालिम साथै सामाग्रीहरू प्रदान गरेर राेजगारकाे क्षेत्रमा अग्रसर गराँउने कार्य गरिरहेकाे छ भन्दै हाल काेअरेटिभ साेसाइटीहरूकाे माध्यमद्वरा सरकारले राेजगारमुखी कार्यक्रम गरिरहेकाे बताइन्।तिनले आज वितरण गरिएकाे लुगा सिलाँउने मशिनले विभिन्न पाेशाकहरू बनाएर धेरै मात्रामा विक्री गरेर आत्म निर्भर बन्न सक्ने बताइन्। तिनले उक्त मशिनद्वरा विध्यालयकाे पाेशाकहरू पनि बनाएर विक्री गर्न सकिए राम्राे हुनेछ भनिन्।

यता मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मिरिकमा लघु उधाेग विकसित भइरहेकाे जानकारी जसमा स्थानीय बेराेजगार युवक युवती लगायत स्वनिर्भर दलका सदस्यहरू जडित रहेकाे बताए। तिनले मिरिक मात्र हाेइन दार्जिलिङमा नै लघु उधाेगलाई विकसित गरेर बेराेजगारहरूलाई राेजगारकाे दिशामा अग्रसर गराँउन सकिन्छ भन्दै यहाँ उत्पादित सुन्तला, कुचाे, अदुवा, अलैंची आदिलाई लघु उधाेगकाे रूपमा विकसित गरियाेस भनि जीटीएशीत पनि कुराे गरिनेछ भने। कार्यक्रममा डीआईसी दार्जिलिङ जिल्ला का पूर्व चेयरम्यान एलटी भूटियाले आफूलाई विदाई अनि अभिनन्दन गरेकाेमा सबैप्रति आभार प्रकट गर्दै डीआइसीले लघु उघाेगलाई विकसित गर्न गरिरहेकाे कार्यहरूबारे विस्तृत जानकारी गराए।









