जयसवाल र सिराज आईसीसी ऱ्याङकिंगमा अघि बढ़्न सफल

IMG-20250806-WA0113

दुबई: पेस बलर मोहम्मद सिराजलाई ईंग्ल्याण्डविरुद्ध पाँचौं टेस्ट म्याचको उत्कृष्ट प्रदर्शनले फाइदा भएको छ अनि उनी आईसीसी टेस्ट बलरहरूका ऱ्याङकिंग करियरको सर्वश्रेष्ठ १५औं स्थानमा पुगेका छन्। सिराजले पाँचौं टेस्ट म्याचमा ९ विकेट लिनको साथै भारतलाई सीरीज हार्नदेखि बचाउनमा अहम भूमिका निर्वाह गरे। भारतले पाँचौं तथा अन्तिम टेस्ट म्याचमा ६ रनले जीत हासिल गरी सीरीजमा २-२-को बराबरी हासिल गरेको थियो। सिराजले ऱ्याङकिंगमा १२ स्थानको जम्प लगाएका छन्। ईंग्ल्याण्डविरुद्ध सीरीजमा केवल ३ वटा टेस्ट म्याच खेल्ने पेस बलर बुमराह ८८९ रेटिंग पोइण्ट्सको साथ टेस्ट बलरहरूका ऱ्याङकिंगमा शीर्ष स्थानमा कायम छन्। प्रसिद्ध कृष्णा पनि करियरको सर्वश्रेष्ठ ५९औं स्थानमा पुगेका छन्। कृष्णाले ईंग्ल्याण्डविरुद्ध पाँचौं टेस्टमा ८ विकेट लिएका थिए। यसरी टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा भारतका यशस्वी जयसवाल ओवल टेस्टमा शतकको साथ फेरि शीर्ष पाँचमा सामेल भएका छन्। यशस्वीलाई ३ स्थानको फाइदा भएको छ। शीर्ष दशमा सामेल रिषभ पन्त चाहिँ एक स्थान झरेर आठौं स्थानमा पुगेका छन्। चोटले गर्दा पन्तले पाँचौं टेस्ट म्याच खेलेका थिएनन्। ईंग्ल्याण्डका जो रुट टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष स्थानमा कायम छन्। यसरी पाँचौं टेस्टमा शतक बनाउने ह्यारी ब्रूक दोस्रो स्थानमा पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement