सेमिफाइनलमा पुग्यो मारामार एफसी

Screenshot_20250807_000755_FotoCollage Maker

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मारामार एफसी-ले सेमिफाइनल मा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा बुधवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा मारामार एफसी-ले लिजेण्ड्स एफसीविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पंकज थापाले ३१औं र ४८औं मिनटमा २ गोल गरे। यसबाहेक बिवास सावरियाले ६६औं मिनटमा गोल गरे। विजेता टीमका पंकज थापाले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। बिहीवार खेलिने तेस्रो क्वार्टर फाइनलमा नादोङ भूटिया फूटबल एकाडमी (एनबीएफए) र भीएनसी मर्निंग सकरबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement