भा तकभर युनाइटेड र डीएम अफिसको जीत

IMG-20250806-WA0108

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करणमा बुधवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग) मा खेलिएको पहिलो म्याचमा भा तकभर युनाइटेड एफसी-ले हर्सिंग फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा भा तकभर युनाइटेडको तर्फबाट बिशेश थापाले गोल गरे। यसरी हर्सिंग एफसी-को तर्फबाट प्रशित सुब्बाले गोल गरे।

दोस्रो म्याचमा डीएम अफिसले दार्जीलिङ डायनामोविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट बिनित लोहारले गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement