जिल्ला अध्यक्ष राजालिमले गरिन् स्तनपान केन्द्रको उदघाटन

IMG-20250806-WA0104

गान्तोक: प्रत्येक वर्ष १-७ अगस्तसम्म पालन गरिने विश्व स्तनपान सप्ताहको अन्तिम दिन आज नाम्ची जिल्लाको किसान बजारमा विविध कार्यक्रम सम्पन्न भयो। यसका साथै किसान बजारमा स्तनपान केन्द्रको पनि उदघाटन गरियो। दक्षिण जिल्लाकी जिल्ला अध्यक्ष अञ्जीता राजालिमले किसान बजारमा स्तनपान केन्द्रको उदघाटन गर्दै सम्पूर्ण आमाहरूलाई समर्पित गरेकी छन्। आफ्नो सम्बोधनमा जिल्ला अध्यक्ष राजालिमले स्तनपान केन्द्रको स्थापनाले नानीहरुलाई लाभ मिल्ने बताइन्। अब किसान बजारमा आउने आमाहरूले निर्धक्करूपमा आफ्ना नानीहरूलाई स्तनपान गराउन सकिने मन्तव्य प्रकट गरिन्। केन्द्र आमाहरूले नानीहरूलाई सहज बनाउन सबैभन्दा सुरक्षित स्थान रहेको बताइन्। उनले शिशु विकासको लागि उचित पोषण र सरसफाइको आवश्यकतामाथि जोड दिँदै प्रत्येक शिशु राज्यको शिशु हो र उनीहरूको कल्याण हाम्रो सामुहिक जिम्मेवारी रहेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement