विधायक सिञ्चुरीद्वारा एसएचजी मेलाको उदघाटन

IMG-20250806-WA0103

गान्तोक: राज्यका स्वयं सहायता समूहहरू (एसएचजी) को आर्थिक तथा सामाजिक सशक्तिकरणलाई सुदृढ पार्न र सहयोग गर्न नयाँबजार जोरथाङ नगर पञ्चायतले जोरथाङ शहरभित्र बिक्री क्षेत्रहरू तोकेको छ। यस अवसरमा जोरथाङमा मेलाको उदघाटन गरियो। राज्य सरकारको ग्रामीण विकास विभागअन्तर्गत सिक्किम ग्रामीण जीविकोपार्जन मिसनको सहकार्यमा एनजेएनपीले यो कार्यक्रम आयोजना गरेको थियो।
सलघारी-जूम निर्वाचन क्षेत्रका विधायक तथा यातायात तथा सीप विकास विभागका सल्लाहकार मदन सिन्चुरी कार्यक्रममा प्रमुख अतिथिकारूपमा उपस्थित थिए। उनले स्वयं-सहायता समूह बजारको उद्घाटन गरेपछि स्टलको भ्रमण गर्दै स्वयं-सहायता समूह सदस्यहरूसँग अन्तर्क्रिया गरे। कार्यक्रमलाई सम्बोधन गर्दै विधायकले राज्यभरिका स्वयं सहायता समूहहरूलाई सहयोग, प्रवर्द्धन र उत्थान गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रतिबद्धतालाई पुष्टि भएको बताए। उनले सबै एसएचजीका सदस्यहरूलाई प्रदान गरिएका अवसरहरूको लाभ उठाउन साथै व्यक्तिगत र सामुदायिक विकासको लागि पहल गर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement