अवैद्ध्य निर्माणहरू विरुद्ध कारबाहीमा ओर्लियो दार्जीलिङ नगरपालिका

00-Darjeeling-Municipality-1

दार्जीलिङ: अवैद्ध्य निर्माणहरू विरुद्ध दार्जीलिङ नगरपालिकाले आफ्नो कार्यलाई तीव्र रूप दिएको छ। यसै क्रममा दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितिश पोर्तेल,विभागीय नगरपार्षदहरूले शहरको विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै अवैद्ध्य निर्माण कार्यहरूलाई शीध्र बन्द गर्ने निर्देश दिएको छ। दार्जीलिङ नगरपालिकाले अधिबाटै २१८ भन्दा धेर अवैद्ध्य निर्माणकारीहरूलाई पश्चिम बङ्गाल नगरपालिका एक्र्टको २१८ को धारा २ अनुरूप नोटिस जारी गरी सकेको छ। नगरपालिकाले उक्त नोटिस जारी गर्न भन्दा अधि २२० अनुरूप नोटिस जारी गरी सकेको थियो तर अवैद्ध्य निर्माणकारीहरूले पालिकाको उक्त नोटिसलाई बेवस्ता गर्दा पालिकाले २१८ को धारा २ अनुरूप अर्को नोटिस जारी गरेको हो। दार्जीलिङ नगरपालिकाको चूनावको प्रचार प्रसारको क्रममा हाम्रो पार्टीले यदि नगरवासीबासीहरूले दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गर्ने मौका प्रदान गरेको खण्डमा नगरवासीहरूको      सुरक्षाको लागि अवैद्ध्य निर्माणहरू विरुद्ध सशक्त उठाउने वाचा गरेका थिए। दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल अनि विभागीय नगरपार्षदहरूले पालिकाको कुना कप्चाहरूमा भ्रमण गर्दै अवैद्ध्य निर्माणहरू विरुद्ध सशक्त कार्यवाही गर्ने कार्यहरू गर्दै आइरहेको छ। दार्जीलिङ दलदले क्षेत्र भएको हुनाले गर्दा यहाँ कुनै प्रकारको प्राकृतिक प्रकोप भूचालो आएको खण्डमा ज्यान मालको धेरै नोक्सान हुने सम्भावना रहेको छ। यो विषयलाई ध्यानमा राख्दै राज्यकी  मुख्यमन्त्री ममता ब्यानर्जीले पनि दार्जीलिङको अवैद्ध्य निर्माणहरूमाथि कार्यवाही गर्ने अधिबाटै निर्देश जारी गरिसकेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement