सेनाको समर्पित भावनासंगै राष्ट्रको सेवा सम्मानयोग्य छः राज्यपाल माथुर
गान्तोक: भारतीय सेनाको १७ माउन्टेन डिभीजनका जनरल अफिसर कमाण्डिङ (जीओसी) मेजर जनरल एमएस राथौडले आज राज्यपाल ओमप्रकाश माथुरसँग राज भवनमा शिष्टचार भेट गरे। यस अवसरमा मेजर राथौडले राज्यपालको एक वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा बधाई एवम शुभकामना दिए। यसका साथै उनले हालै भारतीय सैनिकले सिन्दुर अप्रेशनमा हासिल गरेको उपलब्धिबारे पनि जानकारी गराए। राज्यपालले अपरेशन सिन्दूरको अनुकरणीय कार्यान्वयनको लागि भारतीय सशस्त्र बलको प्रशंसा गर्दै राष्ट्रको सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्ने उनीहरूको अटुट समर्पण र प्रतिबद्धताको प्रशंसा गरे। यसका साथै, राज्यपालले मेजर जनरल राठौडलाई विगत एक वर्षमा सिक्किमभित्र र बाहिर दिएका भाषणहरूको संकलन “जैसा मैं जाना” पुस्तकको प्रतिलिपि प्रदान गरे। राज्यपालले मेजर जनरल राठौडलाई उज्वल भविष्यको शुभकामना दिँदै कर्तव्य र समर्पणको भावनाका साथ राष्ट्रको सेवा गर्ने आग्रह गरे।