रियालिटी शो-का सेमी फाइनलिस्टहरुलाई सहयोगको अपील

IMG-20250806-WA0100

गान्तोक: राज्यका कलाकारहरूले हाल राज्य, देशभित्र मात्र नभएर विदेशमा पनि आफ्नो प्रतिभा प्रदर्शन गरिरहेको छ। उनीहरूलाई हौसला र उत्साह प्रदान गर्नको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङ आफै लागि परेका छन्। एसकेएम पार्टीको सांस्कृतिक प्रकोष्ठका उपाध्यक्ष डा. मनोज राईले जानकारी सबै तयारीबारे जानकारी गराए। आज राजधानीस्थित मनन केन्द्रमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राईले राज्यका कलाकारहरूलाई हौसला र उत्साह प्रदान गर्न एसकेएम पार्टीको सांस्कृतिक प्रकोष्ठको एक टोली काठमाड़ौं प्रस्थान भएको जानकारी गराए। हाल नेपालमा सम्पन्न भइरहेको रियालिटी शो-मा राज्यका 6 जना कलाकार सेमिफाइनल र फाइनल राउण्डमा पुगेको उनले बताए। यस अवसरमा सिक्किम म्यूजिक, ड्रामा, डान्स अनि फिल्म बोर्डका नवनियुक्त अध्यक्ष टाशी छिरिङ भोटियाले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा राज्यका कलाकारहरूले सोचेको भन्दा बेसी सहयोग सरकारबाट भइरहेको दाबी गरे। उनले थप जानकारी गराएअनुसार नेपालमा सम्पन्न भइरहेको विभिन्न रियालिटी शो-मा सहभागिता जनाएका कलाकारहरूलाई मार्गदर्शन गर्नको निम्ति एसकेएम सांस्कृतिक प्रकोष्ठका टीलीले सहयोग प्रदान गर्ने योजना रहेको बताए।
सरकार कलाकारहरूप्रति सकारात्मक रहेको हुनाले कलाकारहरू पनि मुख्यमन्त्री प्रति सकारात्मक विचार राख्नुपर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement