भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250806-WA0097

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको एक जरुरी सभा गाडीधुरा सार्वजनिक भवनमा समष्टि कार्यकारी सभासद कल्पना प्रधानको सभापतित्वमा सम्पन्न भयो। सभामा पश्चिम बंगाल सरकारद्वारा हालै अनुमोदन गरिएको “हाम्रो गाउँ हाम्रो समाधान” अन्तगर्त समष्टिमा रहेका सम्पूर्ण गाउँहरूको विकास कार्य कसरी गर्न पर्ने यस विषयमा विस्तृत चर्चा गरियो। पञ्चायत समिति सदस्य मौसम लामाले सञ्चालन गरेको सभालाई घैयाबारी तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, पाण्डु ग्राम पञ्चायत प्रधान नन्जिता लामा, युवा शक्ति केन्द्रीय समिति उप- अध्यक्ष अनुप गदाल,लंगभ्यु खण्ड समिति अध्यक्ष नयस लामा आदिले सम्बोधनले गरेका थिए।
सभामा समष्टि पर्यवेक्षक साथै पंचायत समिति सभापति अनु प्रधानले ‘हाम्रो गाउँ हाम्रो समाधान’ अन्तगर्त समष्टिको सम्पूर्ण गाउँहरू गाउँले सभा गरेर सबैको सहमति लिए कार्य गर्न पर्ने मत राखिन्। उनले आफ्नो सम्बोधनमा निर्वाचित सदस्यहरूले गाउँ घरमा गाउँले सभा गरेर कुन कार्य गर्दा गाउँ घरमा उचित त्यो कार्य मात्र अनुमोदन गरिने जनाइन् र जसले पनि त्यो कार्य गर्छ उसले पनि आफ्नो व्यतिगत फायदाको निम्ति कार्य नगरेर संगठन साथै गाँउको फायदाको निम्ति कार्य गर्ने सुझाव राखिन्।


सभामा समष्टि कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा पश्चिम बंगाल माननीय मुख्यमन्त्री ममता ब्यानर्जीले पश्चिम बंगाल राज्यभरि नै हाम्रो गाउँ हाम्रो समाधान प्रकल्पले राज्य साथै जीटीए क्षेत्रको प्रत्येक बुथहरूमा गाउँ घरमा रहेको बुनियादी सुविधाहरूलाई ध्यानमा राखी कार्य गरिने योजना बनाएको जनाइन्। यस योजनालाई सफल बनाउन प्रत्येक गाउँ घरमा भूतपूर्व सैनिक, ज्येष्ठ नागरिक, शिक्षक, नारी शक्ति, युवा शक्ति सचेत नागरिक साथै संगठनका प्रतिनिधिहरू मिली एउटा सभा आयोजन गरी प्रत्येक गाउँमा गर्न पर्ने बिकासमूलक कार्यको सूची तयार गर्न पर्ने उहाँले जनाइन् साथै यो योजना कुनै व्यक्ति बिशेषको फायदाको निम्ति नभएर गाउँको फायदा हुन पर्ने मत राखिन्। सभामा भागोप्रमो केन्द्रीय समिति सदस्य साथै सन्त मेरी तीन ग्राम पञ्चायत उप प्रधान सन्तोस लामा,समिति सदस्य चन्द्र प्रसाद शर्मा, खरसाङ महुकमा समिति प्रवक्ता अनूप रामुदामु, समष्टि सांगठनिक सचिव कुनाल छेत्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, युवा शक्ति केन्द्रीय समिति सदस्य संजीव छेत्री, समष्टि युवा शक्ति सचिव पप्पु तामाङ, पंचायत सदस्यगण, युवा शक्ति,नारी शत्ति,साथै खण्ड समिति सभापति सचिव आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement