खरसाङ विश्वकर्मा समाजको १०० वर्ष पूरा गरेको अवसरमा शतवार्षिकी समारोह आयोजना गरिने

IMG-20250806-WA0095

खरसाङ: खरसाङ विश्वकर्मा समाजको १०० वर्ष पूरा गरेको अवसरमा शतवार्षिकी समारोह सम्पन्न हुने भएको छ। यस विषयमा खरसाङमा पत्रकार सम्मेलन बोलाएर खरसाङ विश्वकर्मा समाजको पदाधिकारीहरुले शतवार्षिकी समारोह विषयमा विस्तृत जानकारी गराएका छन्।‌ सन् १९२५ मा स्थापना भएको खरसाङ विश्वकर्मा समाजको यसपाली सय वर्ष पुगेको अवसरमा शतवार्षिकी समारोह अन्तर्गत खरसाङमा विविध कार्यक्रम आयोजना गरिने भएको छ। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा खरसाङ विश्वकर्मा समाजको तर्फबाट सभापति निर्मल गहतराज, सचिव केशव सिंह घतानी, सल्लाहकार गोबिन्द सिंह घतानी, मुख्य संयोजक हेमन्त दर्नाल, संजोजकहरु विनोद रसाइली, बिजय सेञ्चुरी, सुष्मा सिंह सम्बोधन गरेका थिए। पदाधिकारीहरुले पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह आगामी ७ दिसम्बर २०२५ मा खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने भएको जानकारी गराएका छन्। यसको साथै उक्त शतवार्षिकी समारोहमा खरसाङ विश्वकर्मा समाजको सय वर्ष पूरा गरेको ऐतिहासिक समयलाई समाजले एकता, आत्मीयता, अखण्डता र सांस्कृतिक मूल्यहरूको संरक्षण र प्रतिकको रूपमा उत्सवको रूपमा पालन गर्ने भएको बताएका छन्। शतवार्षिकी समारोह अन्तर्गत खरसाङमा शोभा यात्रा, जातीय शिल्प प्रदर्शनी जसमा सुन, चाँदी, ताँबा, सिल्भर तथा फलामबाट निर्मित गर गहना, भाँडाकुँडा तथा हात हतियारदेखि मादल र अन्य शिल्प उद्योगको पनि प्रदर्शनी गरिने भएको छ। यसको साथै विश्वकर्म जातिको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशित स्मारिका ‘आरन’ को पनि लोकार्पण गरिने भएको छ। यस शतवार्षिकी समारोहको उद्देश्य ‘आरनदेखि पद्यश्रीसम्म’ रहेको पदाधिकारीहरुले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement