सञ्जीव लामा दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष रुपमा नियुक्त

IMG-20250806-WA0091

खरसाङ: भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्षको रूपमा सञ्जीव लामालाई नियुक्त गरिएको छ। उनलाई भाजपा राज्य कमिटीको तर्फबाट दार्जिलिङ जिल्ला कमिटीको नयाँ अध्यक्षको रुपमा नियुक्त गरिएको छ। सञ्जीव लामा भारतीय जनता पार्टी युवा मोर्चाको राज्य कमिटीको कार्यकारी सदस्यको रूपमा रहेका थिए भने अब उनलाई कल्याण देवानको स्थानमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्षको रूपमा नियुक्त गरिएको छ। भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला भन्नाले दार्जिलिङ र कालेबुङलाई समेटिएको बताइएको छ। सञ्जीव लामालाई दार्जिलिङ जिल्ला अध्यक्षको रूपमा नियुक्त गरिएकोमा‌ भाजपा युवा मोर्चा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले युवा मोर्चाबाट दार्जिलिङ जिल्ला अध्यक्ष नियुक्त गरिएकोमा अब युवा जोशको साथमा काम हुने आशा रहेको बताएका छन्‌। उनले सञ्जीव लामा अहिलेसम्मको कम उमेरमा नै जिल्ला अध्यक्ष बनेको पहिलोपल्ट हो र उनीबाट धेरै कामको आशा रहेको पनि बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement