भाइचुङ भोटिया हाम्रो सिक्किम पार्टीको नयाँ अध्यक्ष नियुक्त

IMG_20220920_144602.jpg

गान्तोक: भाइचुङ भोटिया हाम्रो सिक्किम पार्टी (एचएसपी)को नयाँ अध्यक्ष नियुक्त भएको छन्। उनले पूर्व अध्यक्ष डा. बीना बस्नेतको स्थान लिएका छन्। हलसम्म उनी पार्टी कार्यकारी अध्यक्षको रूपमा काम गर्दै थिए।

एचएसपीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, एचएसपीको राष्ट्रिय सम्मेलनले भाइचुङ भोटियालाई नयाँ अध्यक्ष नियुक्त गरेको छ। भोटियाले अब सिक्किमलाई भ्रष्ट शासनबाट मुक्त गर्दै जनताको पारदर्शी र उत्तरदायी सरकार गठन गर्न पार्टीको नेतृत्व गर्नेछन्।

भोटियाले पार्टीको अध्यक्ष पद स्वीकार गर्दै भावी रणनीतिमाथि प्रकाश पारे। उनले भने, हामी सिक्किमका जनताको सेवा गर्न तथा उनीहरूको आशा र आकांक्षाको प्रतिनिधित्व गर्ने प्रयासलाई जारी राख्ने छौं। हामी प्रत्येक सिक्किमेहरूका लागि सामाजिक समानता र न्याय अनि अन्तहीन अवसरहरूको सिर्जना सुनिश्चित गर्न अथक काम गर्ने छौं। उनले पार्टीकी पूर्व अध्यक्ष डा. बीना बस्नेतलाई आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरेकोमा बधाई दिए।

वर्तमानमा विभिन्न राजनीतिक मुद्दाहरूले सिक्किमलाई घेरिरहेको समयमा भोटियाको अध्यक्ष पदमा पदोन्नतिले पार्टीलाई सशक्त बनाउने एचएसपीले आशा व्यक्त गरेको छ। एचएसपीले भोटियाको नेतृत्वमा सफा राजनीति, जवाफदेहिता र जनमुखी शासनको अपेक्षा गरेको छ। एचएसपीले उनको नेतृत्वमा वर्तमान अयोग्य शासनबाट सिक्किमको समृद्ध भविष्य सुनिश्चित गर्न विकास एवं प्रगतिको मार्गमा अग्रसर बन्ने आशा व्यक्त गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *