खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको सभा सम्पन्न

IMG-20250806-WA0087

खरसाङ: खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको एक सभा अध्यक्ष शरद प्रधानको सभापतित्वमा बुधबार सम्पन्न भयो। सभामा ठेकेदार संगठन विषयमा धेरै सर सल्लाह र चर्चा परिचर्चा गरियो। खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्डहरुमा जति पनि विकासमूलक कार्यहरू भ‌ईरहेको छ ती सम्पूर्ण कामहरू नै पूर्ण सरकारी मापदण्ड अनुरुप स्तरीय रूपमा भ‌ईरहेको जानकारी पनि सभामा गराइएको छ। ठेकेदार संगठन विकासमूलक कार्यहरूमा मात्र सीमित नरहेर खरसाङको भलाईको निम्ति सदैव तत्पर रहेको पनि सभामा जानकारी गराइयो।यसै सभामा देबु गुरुङ, बिष्णु तिरूवा अनि पासाङ लामाले खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनमार्फत अनित थापाको नेतृत्वलाई आत्मासाथ गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पारटीलाई समर्थन जनाएका छन्। उनीहरूलाई संगठनको सभापति शरद प्रधान र उप सभापति प्रेमेन्द्र गुरूङले उपस्थित सम्पूर्ण सदस्यहरुको सामु खदा लगाएर पार्टीमा प्रवेश गराए। अब उप्रान्त संगठनसंग समर्पित रहेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा एकबद्ध भ‌ई काम गर्ने उनीहरूले मन्तब्य राखेको जानकारी बिरबल पाखरीनले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement