अबैद्य निर्माणहरू विरूद्व पालिका एक्सनमा

00-Darjeeling-Municipality

दार्जीलिङ: अबैद्य निर्माणहरू विरूद्व दार्जीलि²ङ नगरपालिकाले आफ्नो कार्यलाई तीव्र रूप दिएको छ।यसैक्रममा दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितिश पोर्तेल,विभागीय नगरपार्षदहरूले शहरको विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै अबैद्य निर्माण कार्यहरूलाई शीध्र बन्द गर्ने निर्देश दिएको छ। दार्जीलिङ नगरपालिकाले अधिबाटै २१८ भन्दा धेर अबैद्य निर्माणकारीहरूलाई पश्चिम बंगाल नगरपालिका एक्र्टको २१८ को धारा २ अनुरूप नोटिस जारी गरी सकेको छ। पालिकाले उक्त नोटिस जारी गर्न भन्दा अधि २२० अनुरूप नोटिस जारी गरी सकेको थियो तर अबैद्य निर्माणकारीहरूले पालिकाको उक्त नोटिसलाई बेवस्ता गर्दा पालिकाले २१८ को धारा २ अनुरूप अर्को नोटिस जारी गरेको हो।दार्जीलिङ नगरपालिकाको चूनावको प्रचार प्रसारको क्रममा हाम्रो पार्टीले यदि नगरबासीहरूले दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गर्ने मौका प्रदान गरेको खण्डमा नगरबारीहरूको सुरक्षाको लागि अबैद्य निर्माणहरू विरूद्व कठोर कदम उठाउने वाचा गरेका थिए।

दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल अनि विभागीय नगरपार्षदहरूले पालिकाको कुना कप्चाहरूमा भ्रमण गर्दै अबैद्य निर्माणहरू विरूद्व कठोर कार्यवाही गर्ने कार्यहरू गर्दै आई रहेको छ। दार्जीलिङ दलदले क्षेत्र भएको हुनाले गर्दा यहाँ कुनै प्रकारको प्राकृतिक प्रकोप भूचालो आए को खण्डमा ज्यान मालको धेरै नोक्सान हुने सम्भावना रहेको छ। यौ विषयलाई ध्यानमा राख्दै राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीले स्वयमले पनि दार्जीलिङको अबैद्य निर्माणहरूमाथि कार्यवाही गर्ने अधिबाटै निर्देश जारी गरी सकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *