मेरो पत्रकारिताको अविष्मरणीय पललाई नियालेर हेर्दा

00-Srcibes-1-1

म खरसाङको पुष्परानी रोय मेमोरियल हायर सेकेण्डरी स्कूलमा वर्ष १९७८ मा दशौं श्रेणीमा अध्ययनरत छँदादेखि नै मैले विविध विधाहरूमा लेख्न आरम्भ गरेका थिएँ। मलाई विविध विधाहरूमा लेख्ने बानी भएपनि जब मैले सिलगढीबाट डा. कुमार प्रधान सरद्वारा सम्पादित अनि सी. के. श्रेष्ठ सर रा प्रकाशित हुने नेपाली दैनिक सुनचरी समाचारमा पत्रकारको रूपमा कार्यको थालनी २ नोभेम्बर- १९९३ मा आरम्भ गरेपछि मेरो पहिलो दिन अविष्मरणीय बनेर गयो।

पहिलो दिन मैले खरसाङमा सम्पन्न माकपाको एउटा न्यूज सुनचरी कार्यालय पठाएँ। यो न्यूज पठाएपछि मेरो मनमा मैले पठाएको न्यूजमा कतै भूल त छैन् जस्ता शंका-उपशंका मनमा उठ्न थाल्यो। त्यसदिन पठाएको न्यूज मैले राति पनि पटक पटक कतिपल्ट पढ़ें। मेरो मनमा पठाएको न्यूज विषय एक प्रकारको डर थियो। तर भोलिपल्ट मैले पठाएको न्यूज जस्ताको त्यस्तै सुनचरी समाचारमा प्रकाशित भएर आएपछि मैले शांतिको श्वास फेरें। मेरो मनबाट डर हराएर गयो। मैले सोंचे यस प्रकारले म पत्रकारिता गर्नमा अवश्य सक्षम बन्नेछु।

आफ्नो मनमा पत्रकारिता विषय सकारात्मक सोंच लिएर यस भेकका विविध राजनैतिक पार्टीका नेतृत्वहरू,विविध संघ-संस्थाका प्रतिनिधिहरू आदिसित भेंटेर केही कार्यक्रमहरू भएमा मलाई यसको जानकारी दिनेबारे आह्वान गर्न थालें। बिस्तार-बिस्तार मैले पत्रकारिता आरम्भ गरेको बारे सबैलाई थाहा हुन थालेपछि म कहाँ प्रत्येक दिन न्यूजहरू आउन थाल्यो। मैले पत्रकारिता आरम्भ गरेपछि एकै दिनमा १४ वटा न्यूज समेत आएको रिकर्ड छ। त्यस्ताक यस भेकका लेखक अनि कविहरूको लेख, रचना, कविता आदि पनि म मेरो न्यूजको प्याकेटमा हालेर पठाइदिने गर्दथें। म पत्रकारिताको पहिलो दिनलाई कदापि भूल्न सक्दिँन्। यो मेरो निम्ति अविष्मरणीय पल थियो, भन्नमा शायद कुनै अत्युक्ति नहोला।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement