सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ओमिशा एफसी-ले सजिलै सेमिफाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा ओमिशा एफसी-ले मनजीत इलेवेनविरुद्ध ४-२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जोगाई बर्मनले ५९औं र ६९औं मिनटमा २ गोल गरे। यसबाहेक अमित खवासले २३औं र राजेश सिंघले ५७औं मिनटमा १-१ गोल गरे। यसरी मनजीत इलेवेनको तर्फबाट दिपेस ओरावँले ६७औं र सुब्रतो सोरेनले ८०औं मिनटमा गोल गरे। विजेता टीमका जोगाई बर्मनले प्लेयर अव् द म्याच को ट्रफी र नगद पुरस्कार जिते। बुधवार खेलिने दोस्रो क्वार्टर फाइनलमा मारामार एफसी र लिजेण्ड्स एफसी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










