सिक्किमकी फिल्म निर्मातात्रिबेनी राईको ‘सेप अफ् मोमो’ स्यान सेबास्टियन अन्तरराष्ट्रिय फिल्म महोत्सवमा

Tribeny KalimNews

गान्तोक: सिक्किमकी फिल्म निर्माता त्रिबेनी राईको पहिलो नेपाली फिचर फिल्म ‘सेप अफ् मोमो’ स्पेनमा आयोजना हुने स्यान सेबास्टियन अन्तरराष्ट्रिय फिल्म महोत्सव २०२५ को लागि छनोट भएको छ।
‘सेप अफ् मोमो’ अब पूर्ण रूपमा तयार भइसकेको छ भने आगामी २९ देखि २८ सेप्टेम्बरमा हुने महोत्सवको प्रतिष्ठित नयॉं निर्देशकहरूको खण्डमा प्रदर्शित गरिने जानकारी निर्देशक त्रिबेनी राईले दिएकी छिन्। उनले महोत्सवको लागि मंगलवार आधिकारिक निमन्त्रणा प्राप्त गरेकी छिन्।
स्यान सेबास्टियन, युरोपको सबैभन्दा पुरानो र सबैभन्दा सम्मानित फिल्म महोत्सव हो, जुन सिनेमामा ताजा विश्वव्यापी आवाजहरूलाई उजागर गर्न प्रसिद्ध छ। अस्कर विजेता ‘प्यारासाइट’ का निर्देशक बोङ जून होले पनि यसै महोत्सवमा आफ्नो पहिलो फिचर फिल्म प्र​दर्शित गरेका थिए।
‘सेप अफ् मोमो’ ११ देशका निर्देशकहरूद्वारा सावधानीपूर्वक छनौट गरिएका १४ पहिलो वा दोस्रो पटकका फिचर फिल्महरूको चयनमा सामेल भएको छ, जसमा त्रिवेणी राईले यस विश्व मञ्चमा भारत र भारतीय नेपाली भाषी समुदायको प्रतिनिधित्व गरिरहेको बताइएको छ।
निर्देशक राईले भनिन्, ‘यो फिल्म अन्ततः पूरा भयो, र म यसलाई स्यान सेबास्टियनमा प्रदर्शन गर्न पाउँदा धेरै सम्मानित महसुस गरिरहेकी छु। ‘सेप अफ् मोमो’ मेरो घर र त्यहाँका महिलाहरूको बारेमा कथाहरू भन्ने व्यक्तिगत चाहनाबाट जन्मिएको थियो। यसलाई अन्तरराष्ट्रिय प्लेटफर्ममा प्रदर्शित भएको देख्न पाउनु अविश्वसनीय छ।’
पूर्व सिक्किमको नान्डोक निवासी त्रिबेनी राईले आफ्ना लघु फिल्महरूका लागि धेरै पुरस्कारहरू जितेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement