गान्तोक: आगामी १५ अगस्तको दिन यहाँको पाल्जोर स्टेडियममा आयोजना हुने ७९औं राज्यस्तरीय स्वतन्त्रता दिवस समारोह साथै हर घर तिरङ्गा अभियानको तयारीलाई लिएर आज राज्य सरकारको मुख्यालय टाशीलिङ सचिवालयमा एउटा विशेष बैठक सम्पन्न भयो। बैठकलाई मुख्य सचिव आर तेलाङले अध्यक्षता गरेका थिए। बैठक अवधि स्वतन्त्रता दिवस समारोहको अहिलेसम्मको तयारीको समीक्षा साथै छलफल गरियो। विशेष गरेर राष्ट्रीय ध्वज उत्तोलन, प्यारेड अनि ब्याण्डको प्रस्तुती, पुरस्कार वितरण कार्यक्रम, सरकारी भवनहरूको सरसफाई आदि बारे बैठकमा विशेष चर्चा गरियो।
यसरी नै बैठकमा हर घर तिरङ्गा अभियानलाई लिएर पनि चर्चा गरियो जुन अभियान राष्ट्रव्यापी रुपमा २ देखि १५ अगस्तसम्म चल्नेछ। यस बारेमा मुख्यसचिवले राज्य सरकारको संस्कृति विभागलाई चरणवद्ध रुपमा कार्यक्रम आयोजना गर्ने निर्देश दिएका छन्। यसको साथै उनले सबै जिल्लाका जिल्लापाललाई स्वतन्त्रका दिवस समारोहमा ग्रामीण क्षेत्रका विद्यार्थीहरू साथै सर्वसाधरणको सहभागिता सुनिश्चित गर्ने निर्देश पनि दिएका छन्।
बैठकमा विभिन्न विभागका प्रमुखहरू, सबै जिल्लाका जिल्लापाल साथै अन्य शीर्ष अधिकारीहरूको उपस्थिति रहेको थियो।