गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले आज सशस्त्र सीमा बलको रानीडाङ्गास्थित बंगाल फ्रन्टियर मुख्यालयमा आयोजित भव्य समारोहमा उपस्थिति जनाए। दैनिक जागरण, उत्तर बंगाल र सिक्किम संस्करणद्वारा आयोजित कार्यक्रम विगत दुई दशकदेखि सीमा क्षेत्रमा तैनाथ सुरक्षा बलहरूलाई सम्मान गर्ने एउटा उदाहरणीय पहल हो। यस अवसरमा एसएसबीका महिला कर्मचारीहरू र विभिन्न विद्यालयहरू, गोयन्का स्कूल सिलगढी र टेक्नो इन्डिया ग्रुप वर्ल्ड स्कूलका विद्यार्थीहरूले राज्यपाललाई राखी बाँधेर सम्मान गरे। यसका साथै, उनीहरूले सीमामा तैनाथ सैनिकहरूलाई राखीका प्याकेटहरू र रक्षा बन्धनको भावनाले भरिएका स्व-निर्मित अभिवादन कार्डहरू प्रदान गरे। राज्यपालले रक्षा पर्वको प्रयासको प्रशंसा गर्दै “सीमानामा तैनाथ बहादुर सैनिकहरूप्रति नागरिकहरूको यो भावनात्मक लगावले राष्ट्रिय सुरक्षालाई मात्र सम्मान नगरेर हाम्रा सांस्कृतिक मूल्यमान्यताहरूलाई पनि सशक्त बनाउने उल्लेख गरे। यस अवसरमा एसएसबी सिलगढी फ्रन्टियरका आईजी शवन्दन सक्सेना लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।