राष्ट्रीय शिक्षा नीतिको पाँचौ वार्षिकोत्सव पालन

IMG-20250805-WA0102

नाम्ची: तिमी खण्ड प्रशासन र शिक्षा विभागको संयुक्त पहलमा आज राष्ट्रिय शिक्षा नितिको पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा तिमी प्राथमिक स्वास्थ्य केन्द्रमा मेगा पहिचान र समीक्षा शिविर आयोजन गरियो। समग्र शिक्षाअन्तर्गत समावेशी शिक्षाद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य तथा परिवार कल्याण, महिला, बाल, ज्येष्ठ नागरिक र दिव्याङगजन कल्याण लगायत विभिन्न विभागहरू, साथै सीआरसी सिक्किमसँगको सहकार्यमा आयोजन गरिएको हो। यस कार्यक्रमको उद्देश्य समग्र शिक्षा कार्यक्रमअन्तर्गत विशेष आवश्यक्ता भएका बालबालिकाको लागि सहायता वितरणमा सहजता ल्याउनु थियो। कार्यक्रममा सीडब्ल्यूएसको निम्ति समावेशी शिक्षा प्रवर्द्धनमा महत्त्वपूर्ण प्रगतिको प्रतिनिधित्व गर्नु रहेको थियो। यस अवसरमा तिमी, बेन, बर्मेक र नाम्फिङ क्लस्टरका कूल २४ जना विद्यार्थीहरूले विभिन्न विकासात्मक चुनौतीहरू र असक्षमताहरूबारे जानकारी हासिल गरे। यस अवसरमा संयुक्त आयुक्त एमबी छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। शिक्षा विभागका सहायक निर्देशक तथा समावेशी शिक्षा तिमी बीएसीका नोडल अधिकारी इन्द्र गिरीले समावेशी शिक्षाको लागि सहयोगी दृष्टिकोणको महत्त्वलाई जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement