सिलगढीमा गोर्खा विद्यार्थीहरुमाथि जातीय दुर्व्यवहार

Gorkhaland_Territorial_Administration_seal

अनित थापाद्वारा दोषीमाथि कडा कारबाहीको माग

सिलगढी: सिलगढीको हाकिमपाडा क्षेत्रका एक शिक्षण संस्थामा अध्ययनरत गोर्खा विद्यार्थीमाथि जातीय तथा जातीय अपमानजनक व्यवहार भएको घटनापछि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को तर्फबाट पुलिस प्रशासनलाई कडा पहलको माग गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले पत्राचार गरेका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, आलिपुरद्वारकी एक युवतीप्रति ब्यक्तिगत मात्र नभएर उनको जातीय चिन्हारी प्रति गाली एवम् गोर्खा समुदायमाथि अपमानजनक टिप्पणी गरिएको तथ्य पाएको पाएकोले मैले सिलिगढी पुलिस आयुक्तलाई लेखेको पत्रमा घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अविलम्ब निष्पक्ष, छिटो र समयबद्ध अनुसन्धान अघि बढाउन अनुरोध गरेको छु। मैले दोषीलाई भारतको भारतीय न्याय संहिता (बीएनएस) २०२३ अन्तर्गत कडा कारबाही गर्न, पीडितलाई आवश्यक सुरक्षा तथा सहयोग उपलब्ध गराउन, घृणायुक्त वक्तव्य र जातीय अपराधहरूलाई सामान्य अपराधसरह होस भनेर कडा कानुनी प्रावधान लागू गर्न जोड दिएको छु।’
थापाले भने, यस घटनाले पहाडका विद्यार्थीहरू त्रसित भएको छ। यसलाई मध्यनजरमा राखेर पुलिस प्रशासनले विद्यालय तथा क्याम्पसहरूमाझ सचेतनामूलक अभियान तथा विद्यार्थीहरूसँग संवाद सञ्चालन गर्न माग गरेको छु। यो घटना सामाजिक सद्भाव र संवैधानिक मूल्यविपरित भएको गम्भीर विषय हो। यस घटनाको जाँच प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन, पीडित तथा उनका अभिभावकलाई निरन्तर जानकारी गराउन विभागीय अधिकारीलाई अनुरोध गरेको छु।’
उनले अझ भने, गोर्खा समुदायमाथि भएको यस्तो आपत्तिजनक व्यवहार फेरी दोहोरिन नदिनका लागि, दोषीमाथि कडा कारबाही र सामाजिक सद्भाव कायम राख्न सबै सम्बन्धित पक्षले तत्काल कदम चाल्नुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement