स्टाफ र सप स्टाफहरुको वेतन बढोत्तरीलाई लिएर त्रिपक्षीय सभा सम्पन्न

IMG-20250805-WA0099

खरसाङ: पश्चिम बंगाल सरकारको श्रम विभागको तर्फबाट उत्तर बंगालको सबै चियाबारीहरुमा कार्यरत् स्टाफ र सप स्टाफहरुको वेतनलाई लिएर त्रिपक्षीय सभा सम्पन्न भएको छ। उक्त त्रिपक्षीय सभामा पहाड तराई डुवर्स क्षेत्रका सबै ट्रेड युनियनका प्रतिनिधिहरूले भाग लिएका‌ थिए भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले भाग लिएका‌ थिए। यस क्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय सभापति जेबी तामाङ, महासचिव भरत ठकुरी र खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ उपस्थित रहेका थिए‌। सभामा चियाबारीहरुमा कार्यरत् स्टाफ र सप स्टाफहरुको वेतन ६० प्रतिशतले बढोत्तरी हुनुपर्छ भनी मांग राखिएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको सभापति जेबी तामाङले बताएका छन्। सभापछि बाहिर आएर पत्रकारहरुलाई सम्बोधन गर्दै तामाङले स्टाफ र सप स्टाफहरुको वेतन ६० प्रतिशतले बढोत्तरी हुनुपर्छ भन्ने मांग सबै युनियनहरुले एकसाथ राखेको बताएका छन्। उनले विशेष गरेर चियाबारीमा स्टाफ र सप स्टाफहरुले दैनिक २५० रुपियाँमा नै काम गर्दै आएको र पहाडमा स्टाफ र सप स्टाफहरुको संख्या घट्दै गएको पनि सभामा राखिएको जानकारी गराएका छन्। उनले चियाबारीमा‌ विशेष गरेर पहाडका चियाबारीहरुमा मालिक पक्षले नयाँ कानुन ल्याउन खोजेको सबै युनियनहरुले एकसाथ विरोध जनाएको पनि बताएका छन्। जेबी तामाङले स्टाफ र सप स्टाफहरुको वेतन ६० प्रतिशतले बढोत्तरी हुनुपर्छ र यो तीन वर्षको हुनु पर्ने बताउँदै यसमा मालिक पक्षले चार वर्षको सम्झौता गर्न पर्ने भनेपनि सबै युनियनहरुले यसको विरोध गरेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement