प्राथमिक शिक्षक शिक्षिकाहरुको सर्विस बुक डे पालन

IMG-20250805-WA0095

विगत तीन वर्षदेखि यता प्राथमिक शिक्षक शिक्षिकाहरुको सर्विस बुक सही भएर गएको छ: राजेस चौहान

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग अन्तर्गत रहेका प्राथमिक शिक्षक शिक्षिकाहरुको लागि आज सर्विस बुक डे पालन गरिएको छ। खरसाङको गिध्द पहाड क्षेत्रमा जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानको विशेष उपस्थितिमा प्राथमिक शिक्षा विभागको शिक्षक शिक्षिकाहरुलाई लिएर सर्भिस बुक डे पालन गरिएको छ। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको १३ वटै सर्कलका शिक्षक शिक्षिकाहरुलाई लिएर सर्भिस बुक डे पालन गरिएको छ।

यस अवसरमा प्राथमिक शिक्षक शिक्षिकाहरुले आफ्नो आफ्नोे सर्भिस बुक हेरेर सही गर्नुको साथै आफ्नोे विवरण लिनको साथै विस्तृत जानकारी पनि संकलन गरेका छन्।‌ यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले २०२२ मा जीटीए‌ आएपछि जीटीए प्रमुख अनित थापाको निर्देशनमा प्राथमिक शिक्षक शिक्षिकाहरुको विभिन्न समस्याहरु समाधान हेतु सर्विस बुक डे पालन गर्दै सबै कागज पत्रहरु तयार पार्ने कार्य गरिएको र सबैले आफ्नो सर्विस बुक हेरेर सही गरेको बताए। उनले विगत तीन वर्षदेखि प्राथमिक शिक्षक शिक्षिकाहरुको सर्विस बुक अपटुडेट भईरहेको जानकारी गराएका छन्। डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, जीटीए प्रमुख अनित थापाको निर्देशनमा प्राथमिक शिक्षक शिक्षिकाहरु र शिक्षाविदहरुलाई लिएर प्राथमिक शिक्षक शिक्षिकाहरुको कागजपत्रहरु अपडेट गर्ने कार्य २०२२ पछि गरिएको छ। विगत तीन वर्षदेखि यता प्राथमिक शिक्षक शिक्षिकाहरुको सर्विस बुक सही भएर गएको छ।

शिक्षक शिक्षिकाहरुले वर्षभरि नानीहरुको भविष्य निर्माणको लागि कार्य गर्छन् अनि समाज बनाउन ठूलो योगदान दिईरहेका छन् भने यो एक दिन शिक्षक शिक्षिकाहरुको कागज पत्रहरु सठीक गर्ने दिन हो। यस दिन सबैले कागज पत्रहरु सठीक गरेर कसकोमा कति छ सबै बुझ्ने गर्छन् जुन विगत तीन वर्षदेखि यता सठीक रुपमा चलिरहेको छ। तर तीन वर्ष अघि यस्तो थिए‌न। प्राथमिक शिक्षक शिक्षिकाहरुको विभिन्न समस्याहरु विषयमा हामीले विगत तीन वर्षदेखि लगातार रुपमा कार्य गर्दै आईरहेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement