ईंग्ल्याण्डलाई कप्तान स्टोक्सको कमी अनुभव भएको माइकल भनको दावी

IMG-20250805-WA0069

लण्डन: पूर्व कप्तान माइकल भनले बताएअनुसार, प्रेरणादायी कप्तान बेन स्टोक्सको अनुपस्थितिमा भारतविरुद्ध पाँचौं टेस्ट म्याचको अन्तिम दिन ईंग्ल्याण्डको टीम अत्तालिएको देखियो, जबकि उनीहरूलाई जीतको निम्ति केवल ३५ रनको आवश्यकता थियो अनि साथमा ४ विकेट रहेको थियो। म्याचमा भारतले असाधारण पुनरागमन गर्दै ६ रनले जीतको साथ सीरीजमा २-२-को बराबरी हासिल गरेको थियो। भनले भने, बेन स्टोक्स टीममा रहेको भए ईंग्ल्याण्डले यो टेस्ट म्याच जित्न सक्ने थियो। उनले यस टीममा ठूलो भूमिका निर्वाह गर्छन्। उनले टीमलाई मानसिक रूपले मजबूत बनाइराख्छन्। ईंग्ल्याण्ड (पाँचौं दिन) हड़बड़ीमा रहेको देखियो। भनले एउटा कार्यक्रममा भने, उनीहरूलाई केवल एउटा पार्टनरशीपको आवश्यकता थियो। उनीहरूले जसरी आक्रामक भएर खेल्ने प्रयास गरे, त्यसमा उनीहरूले हड़बड़ी गरिएको स्पष्ट देखियो। आइतवार दिउँँसो ह्यारी ब्रूक आउट भएपछि ईनिंग्सको पतन शुरु भयो तर यही ईंग्ल्याण्डको खेल्ने तरिका पनि हो। उल्लेखनीय छ, स्टोक्स काँधको चोटले गर्दा पाँचौं टेस्ट म्याचमा खेल्न सकेनन्। यसरी पेस बलर जोफ्रा आर्चर र ब्रायडन कार्सलाई विश्राम दिइएको थियो। भनले भारतविरुद्ध रोमाञ्चक सीरीजलाई ईंग्ल्याण्डको निम्ति यस साल नोभेम्बरमा अष्ट्रेलियाविरुद्ध एशेज सीरीजको निम्ति असल तयारी बबताए। उनले भने, ईंग्ल्याण्डले ५ वटा असाधारण म्याच खेल्यो। तपाईं यथार्थवादी हुनु पर्छ। यस हप्ता उनीहरूसँग केवल १० जना खेलाड़ी थिए। उनीहरूले आफ्नो प्रमुख बलरलाई शुरुमै गुमाए अनि स्टोक्स पनि खेलेनन्। मेरो विचारमा भारतविरुद्ध सीरीज अष्ट्रेलिया यात्राको निम्ति असल तयारी रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement