कप्तान सुनिल छेत्रीलाई राज्यपालले धक्का दिएपछि प्रशंसकहरू क्षुब्ध

IMG-20220920-WA0082.jpg

२० सेप्टेम्बरः बेंगलुरु एफसी-ले आइतवार रोमाञ्चक फाइनलमा मुम्बई सिटी एफसी-लाई २-१-ले पराजित गरी पहिलोपल्ट प्रतिष्ठित डूरण्ड कप फूटबल टुर्नामेण्टको खिताब जित्यो। यसबीच पुरस्कार वितरण समारोहमा भएको एउटा घटनाको भीडियो सोशल मीडियामा निक्कै भायरल भइरहेको छ। वास्तवमा विजेताको ट्रफी हातमा लिएर उभिँदा च्याम्पियन बेंगलुरु एफसी-का कप्तान सुनिल छेत्रीलाई नजिकै रहेका पश्चिम बंगालका राज्यपाल ला गणेशनले हातले ठेलेर पन्साउने प्रयास गरेका थिए। फोटोको निम्ति पोज दिँदै राज्यपालले भारतीय फूटबल टीमका कप्तानलाई हातले ठेलेको भीडियोमा स्पष्ट देखिएको छ। उनले बेंगलुरु एफसी-का अन्य एक खेलाड़ी शिव शक्तिसँग पनि यस्तो व्यवहार गरेका थिए। सोशल मीडियामा भीडियो भायरल भएपछि भारतीय फूटबलका प्रशंसकहरूबीच क्षोभ सृष्टि भएको छ। धेरैले राज्यपालको व्यवहारको आलोचना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement