प्रत्येक युवा खेलाड़ीले टीमको सफलतामा योगदान दिँदा खुशी केएल राहुल

IMG-20250805-WA0052

लण्डन: ईंग्ल्याण्डविरुद्ध रोमाञ्चको पराकाष्ठामा पुग्ने पाँचौं टेस्ट म्याचमा भारतको असाधारण जीतपछि टीमका सबैभन्दा अनुभवी खेलाड़ीहरूमा सामेल केएल राहुलले यसलाई आफ्नो अहिलेसम्मको करियरको सबैभन्दा यादगार सीरीज बताए। पाँचौं टेस्ट म्याच अघिसम्म ईंग्ल्याण्ड सीरीजमा २-१-ले अघि रहेको थियो। म्याच र सीरीज दुवै जित्न ईंग्ल्याण्डलाई अन्तिम दिन केवल ३५ रनको आवश्यकता थियो जबकि भारत समक्ष ४ विकेट लिने मुश्किल चुनौती थियो। अन्तमा मोहम्मद सिराजको विध्वंशी बलिंगको सहायताले भारतले ईंग्ल्याण्डलाई ३६७ रनमा अलआउट गरी ६ रनले म्याच जित्नको साथै सीरीजलाई २-२-ले ड्र गऱ्यो। यस सीरीजमा ओपनिंग ब्याटरको रूपमा ५३२ रन बनाउने राहुलले भने, यो जीत मेरो निम्ति सबैथोक हो। म लामो समयदेखि क्रिकेट खेलिरहेको छु। म च्याम्पियन्स ट्रफी जित्ने टीमको हिस्सा रहिसकेको छु। मैले टीमलाई वर्ल्ड कप जितेको देखेको छु तर यस जीतको तुलना कुनैसँग गर्न सकिँदैन।
भारत र ईंग्ल्याण्डबीच सीरीजको पाँँचैवटा टेस्ट म्याच पाँचौं दिनसम्म चल्यो अनि क्रिकेट जगतले यसलाई अहिलेसम्मको सबैभन्दा रोमाञ्चक सीरीजहरूमा एक बताएको छ। यसबारे राहुलले भने, टेस्ट क्रिकेटको भविष्यलाई लिएर धेरैले प्रश्न उठाइरहेका थिए तर हामीले यस सीरीजको माध्यमले उनीहरूलाई जवाफ दिएका छौं। सीरीज चरम रोमाञ्चक रह्यो। राहुलले टीमका युवा खेलाड़ीहरूका मानसिकताको पनि प्रशंसा गरे। राहुलले भने, सीरीज शुरु हुन अघि कसैले पनि हाममीलाई जीतको दावेदार मानेका थिएनन् तर हामीले प्रत्येक म्याचमा लड़ाइँ गऱ्यौं अनि सीरीज २-२-ले ड्र गऱ्यौं। सीरीज ड्र रहे पनि खेलाड़ीहरूले लड़ाकू मानसिकताको परिचय दिए। टीममा अधिकांश खेलाड़ीहरू नै युवा थिए अनि प्रत्येकले टीमको निम्ति योगदान दिए। यस जीतको भारतीय क्रिकेटमा अलग महत्त्व रहनेछ अनि यहीँबाट बद्लाउ शुरु हुनेछ। उल्लेखनीय छ, रोहित शर्मा, विराट कोहली र रविचन्द्रन अश्विन जस्ता दिग्गजहरूले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि भारतीय टीममा युवा खेलाड़ीहरूलाई मौका दिइएको थियो। यसको साथमा नयाँ कप्तान शुभमन गिलले पनि यस सीरीजमा आफ्नो नेतृत्व क्षमताको साथ सबैलाई प्रभावित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement