२० सेप्टेम्बरः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आठौं अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्ट २४ सेप्टेम्बरदेखि शुरु गरिनेछ। स्थानीय मण्टिभियट खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ६ वटा टीमले हिस्सा लिनेछ। यसमा हिल फूटबल एकाडमी (ब्लू), साई सुन्दरम स्कूल (दिलाराम), चैते पानी एफसी, जेआर३२, हिल फूटबल एकाडमी (रेड) र कार्मेल बोइज (महानदी) सामेल छन्। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। दुईवटा ग्रुपबाट विजेता र उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। दुईवटा सेमिफाइनल १ अक्टोबर अनि फाइनल २ अक्टोबरमा खेलिने आयोजक केजीएचएसए-का महासचिव निर्मल गुरुङले बताएका छन्।