लण्डन: अन्तिम दिनसम्म चलेको पाँचौं टेस्ट म्याचमा भारतीय टीमले ईंग्ल्याण्डविरुद्ध ६ रनले जीतको साथ ५ वटा म्याचको सीरीज २–२–को बराबरीमा समाप्त गऱ्यो। आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) २०२५–२७ चक्रमा यो भारतको पहिलो सीरीज थियो। नयाँ टेस्ट कप्तान शुभमन गिलको अगुवाईमा भारतले आफ्नो पहिलो सीरीजमै प्रभावशाली प्रदर्शन गऱ्यो। पाँचौं टेस्ट म्याचमा प्राप्त भएको जीतले भारतलाई डब्ल्यूटीसी पोइण्ट्स टेबलमा फाइदा भएको छ। ओवल टेस्ट म्याच अघिसम्म डब्ल्यूटीसी तालिकामा चौथो स्थानमा रहने भारत अहिले तेस्रो स्थानमा पुगेको छ। भारतसँग अहिले ५ वटा टेस्ट म्याचमा दुईवटा जीत, दुईवटा हार र एउटा ड्र–को साथ २८ पोइण्ट्स रहेको छ जबकि टीमको पीटीसी (जीत प्रतिशत) ४६.६७ प्रतिशत रहेको छ। डब्ल्यूटीसी टेबलको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ। अष्ट्रेलियाले अहिलेसम्म ३ वटा टेस्ट म्याच खेलेर तीनैवटा जितेको छ। यसरी टीमको पीटीसी १०० प्रतिशत रहेको छ। दुईवटा टेस्ट म्याचमा एउटा जीत र एउटा हारको साथ ६६.६७ पीटीसी–को साथ श्रीलंका दोस्रो स्थानमा रहेको छ। ईंग्ल्याण्ड अहिले ४३.३३ पीटीसी–को साथ चौथो स्थानमा रहेको छ। ईंग्ल्याण्डसँग २६ पोइण्ट्स रहेको छ। यसरी बंग्लादेश पाँचौं र वेष्ट इण्डिज छैटौं स्थानमा रहेको छ। बंग्लादेशसँग ४ पोइण्ट्स रहेको छ। यसरी अष्ट्रेलियाविरुद्ध तीनैवटा टेस्ट म्याच हार्ने वेष्ट इण्डिजले अहिलेसम्म खाता खोलेको छैन।