गान्तोक: पाकिमस्थित सेन्ट जेभियर्स स्कूल खेल मैदानमा सञ्चालित ७९औं स्वतन्त्रता दिवस फुटबल खेलअन्तर्गत चौथो दिनको कार्यक्रममा बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राई मुख्य अतिथिकीरूपमा उपस्थित रहेकी थिइन्। पाकिम स्पोर्टिङ क्लब र जिल्ला प्रशानिक केन्द्रको संयुक्त पहलमा सिक्किम राज्य स्थापनाको पचास वर्षगाँठ महोत्सवलाई केन्द्र गरेर आयोजन गरिएको हो। यस अवसरमा विभिन्न वर्गमा चारवटा खेल खेलाइएको थियो। जसमा पहिलो खेल खुल्ला नकआउटमा आइआरबी माङगले बनाम ओएमसी इन्टरप्राइजेस बीच सम्पन्न भएको थियो। यस प्रतियोगितामा ओएमसी इन्टरप्राइजेस सिलगढीले एकको विरूद्ध चार गोल गरेर अघिलो चरणमा प्रवेश गर्न सफल बन्यो। ओएससी इन्टरप्राइजेसको खेलाडी चिरन्जित विश्वासलाई म्यान अफ् द म्याच घोषित गरियो। सोही प्रकारले जिल्लास्तरीय अन्तर स्कूल य -१४ प्रतियोगितामा सेन्ट जेभेयर्स बी र राईगाउँ निम्न माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो। जसमा सेन्ट जेभेयर्सले जीत हासिल ९गऱ्यो। दोस्रो खेल साई गुरूकुल बनाम आहो किसान माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो। जसमा आहो किसानले जीत हासिल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। अर्को म्याच पाकिम निम्न माध्यमिक विद्यालय बनाम नाम्चेबुङ वरिष्ठ माध्यमिक विद्यालयबीच सम्पन् भएको थियो। जसमा पाकिम विद्यालय विजयी बनेको थियो।










