गान्तोक: मल्लीमा आजदेखि शुरू भएको एमएलए च्यालेञ्ज कप फुटबल प्रतियोगितामा भवन तथा आवास विभागीय मन्त्री भीमहाङ सुब्बाले सहभागिता जनाए। आजदेखि शुरू भएको उक्त प्रतियोगिताको उदघाटन मन्त्री सुब्बाले गरे। विशेष गरेर आगामी १५ अगस्तको दिन पालन गरिने ७९औं स्वतन्त्रता दिवस समारोहअन्तर्गत एमएलए च्यालेञ्ज कप फुटबल प्रतियोगिता शुरू भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुब्बाले एसकेएम सरकारले विद्यार्थीहरूको कल्याणको निम्ति विभिन्न प्रकारको योजना शुरू गरेको जानकारी गराउँदै गरिबी रेखामुनि रहेका परिवारका आमाहरूलाई सम्मान गर्न विभिन्न प्रकारको योजना शुरू गरेको दाबी गरे। कार्यक्रममा १६ वर्षभन्दा कम उमेरका किशोरहरुको लागि अन्तरविद्यालयस्तर फुटबल प्रतियोगिता आयोजन गरिएको थियो। आजको पहिलो खेल किताम एमएसएस बनाम तुरूक एमएसबीच सम्पन्न भएको थियो।