सेनाको आयोजनामा १२,६०० फिटमा अवस्थित थागुमा फूटबल टुर्नामेन्ट

IMG-20250804-WA0168

गान्तोक: भारतीय सेनाको तत्वावधानमा समुन्द्र तलदेखि १२,६०० फिटको उच्चाइमा रहेको थागुमा फूटबल टुर्नामेन्ट सम्पन्न भइरहेको छ। टुर्नामेन्ट भारतका महान सैनिक नेता, १७ माउन्टेन डिभिजनका कमाण्डर तथा सन् १९६७ को ऐतिहासिक नाथुला र चोलामा भएको भारत-चीन युद्धमा निर्णायक भूमिका खेलेका ले. जर्नेल सगतसिंहप्रति समर्पित खेलकुद श्रद्धाञ्जली हो।
गत २८ जुलाईदेखि आयोजित टुर्नामेन्टमा अपार उत्साह देखिएको छ। टुर्नामेन्टको उद्घाटन समारोहमा विधायक श्रीमती पामिन लेप्चा मुख्य अतिथि रहेका थिए। कार्यक्रमलाई अझ जीवन्त बनाउँदै, सिक्किमको समृद्ध संस्कृति, परम्परा र देशभक्तिपूर्ण भावना झल्काउने सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएतको थियो। हिमालको पृष्ठभूमिमा खेलिने यस टुर्नामेन्टमा उच्च उचाइका कारण खेलाडीहरूको शारीरिक तथा मानसिक क्षमताको परिक्षा लिने भएकोले रोमाञ्चक बन्दै गएको छ।
आगामी १५ अगस्तमा हुने टुर्नामेन्टको फाइनलमा राष्ट्रिय खेलाडी बिकाश जैरू मुख्य अतिथि रहने आयोजक पक्षले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement