छोर्तेन गुम्बामा भक्तिभावसितै गुरू थ्रुङ्कर छेसु पालन

IMG-20250804-WA0169

गान्तोक: देउरालीस्थित छोर्तेन गुम्बामा आज गुरू थ्रुङ्कर छेसु भक्तिभावपूर्वक पालन गरियो। यस अवसरमा मन्त्री सोनाम लामा मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। मन्त्री अरूण उप्रेती विशिष्ट अतिथिकारूपमा उपस्थित थिए। मन्त्री लामाले सिक्किममा गुरू रिम्पोछेको जन्म दिवस मनाउने चलन धेरै वर्षदेखि रहेको बताए। उनको जन्म दिवसलाई सरकारले सरकारी विदाकोरूपमा घोषणा गरेको अवगत गराए। उनले थप जानकारी गराए अनुसार नयाँ पिढी साथै भावी सन्तानले आफ्नो धर्म संस्कार बुझ्न सकुन् भन्ने ध्येय राखेर प्रत्येक वर्ष जन्म दिवस मनाउने गरिएको जानकारी गराए। यस अवसरमा एक धार्मिक शोभा यात्राको पनि आयोजना गरिएको थियो। उक्त शोभा यात्रा गुम्बा परिसरबाट शुरू भएर चानमारीमा पुगी समापन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement