गान्तोक: द भ्वाइस किड्स नेपाल सिजन-४ का फाइनलिस्ट आइन राईका बाबुले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्रीले उनलाई शुभकामना दिँदै आर्थिक सहयोग प्रदान गरे। मुख्यमन्त्रीले यस अवसरमा राज्यका युवा संगीत प्रतिभा आइन राईप्रति आफ्नो सहयोग लगातार रहने उल्लेख गर्दै प्रशंसा व्यक्त गरे। आयव राई द भ्वाइस किड्स सिजन-४ को ग्रान्ड फिनालेमा पुगेका छन्। भेटको क्रममा उनले आइनलाई असाधारण प्रतिभाशाली बताउँदै युवा कलाकारको उपलब्धिको प्रशंसा गर्नको साथै उनको संगीत यात्राले सम्पूर्ण राज्यलाई गौरवान्वित बनाएको बताएका छन्। आइनको प्रयासलाई मेरो सधै सहयोग रहने र उनको उल्लेखनीय संगीत यात्राको लागि शुभकामना व्यक्त गरें। उनले राज्यका जनता र सबै संगीत प्रेमीहरूलाई आइनको निम्ति अघि आउने आग्रह गर्दै ग्रान्ड फिनालेमा उनलाई सहयोग गर्ने अपील पनि गरे।