सन्तमेरिजमा ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिको सभा सम्पन्न

IMG-20250804-WA0124

खरसाङ: खरसाङको सन्तमेरिज हिलस्थित राष्ट्रिय राजमार्ग ११० ठीक मुनि, लुप गाउँ छेउमा रहेको ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिको सभा सम्पन्न भएको छ‌। मन्दिर समितिका सदस्या एवं श्रद्धालु तिलोतमा राणाको अध्यक्षतामा सुर्या तामङको वासस्थानमा उक्त सभा सम्पन्न गरियो। लगभग ३० वर्षभन्दा पनि पुरानो नागेश्वरी मन्दिरलाई गत २०२० सालमा स्थानीय भक्तजन मिलेर नवीणीकरण गर्ने कार्य आरम्भ गरिएको थियो भने आज पाँच वर्षको छोटो अन्तरालमा नै मन्दिरको सुन्दरीकरणको कार्य द्रुत गतिमा भइरहेको जानकारी मन्दिर समितिका संयोजक बिराज थापाले सभामा अवगत गराए।
सन्तमेरिजका केही सदस्य/सदस्याहरु लगायत गाउँदेखि बाहिरका कतिपय सदस्य/सदस्याहरुको भरपूर साथ, सहयोग र सहभागिताको कारण आज मन्दिर एवं मन्दिर परिसरको नौलो रुप सृजना भइरहेको छ। ३० वर्षभन्दा अधिक पुरानो मन्दिर रहेता पनि सन् २०२१ मा स्थानीय सदस्य/सदस्याहरु मिलेर ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समिति गठन गरिएको हो‌ तर पूर्ण कार्यकारिणी समिति गठन नगरिइएको हुनाले संयोजकको रुपमा बिराज थापाले नै आजसम्म कार्य सञ्चालण गर्दै आइरहेका छन्।
आज आएर मन्दिर समितिमा लगभग ५० जना सदस्य/सदस्याहरु संलग्न भइसकेको अनि मन्दिरको सही संरक्षण एवं सम्बर्द्धनको निम्ति ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिको पूर्ण कार्यकारिणी समिति गठन गरिने बारे पनि विस्तृत रुपमा चर्चा गरियो फलस्वरुप आगामी ९ अगस्ट, २०२५ शनिबारका दिन एक जरुरी सभा राखेर सबैको उपस्थितिमा पूर्ण रुपले नागेश्वरी मन्दिर संरक्षण समिति गठन गरिने निर्णय लिइयो। यसका साथै गत २९ जुलाई २०२५-मा आयोजन गरिइएको नागपञ्चमी पूजाको आय-व्यय तथा हिसाब-किताबको पूर्ण विवरण पनि संयोजक बिराज थापाले विस्तृत रुपमा सभामा जानकारी गराए। यसका साथै नागेश्वरी मन्दिर संरक्षण समितिमा रहनुहुने सदस्य/सदस्याहरुबाट मासिक शुल्क रुपियाँ ३० गरी उठाउने सभाले निर्णय लिइयो अनि यसै अगस्ट महिनादेखि रुपियाँ ३० गरी सदस्यता शुल्क संग्रह गरिने भएपछि सभामा उपस्थित ७ जना सदस्याहरुबाट अगस्ट महिनादेखि दिसम्बर महिना सम्म(पाँच महिना)-को शुल्क रुपियाँ १५० पनि संग्रह गरियो।
आगामी ९ अगस्ट, २०२५-का दिन मन्दिर संरक्षण समिति पूर्ण रुपले गठन भएपछि सरकारी तौरमा समितिलाई पञ्जीकृत गर्ने कार्य गरिने तय गरियो साथै अन्य भावी कार्यक्रमहरुबारे पनि छलफल गरियो। सभाध्यक्षा तिलोतमा राणाले मन्दिरमा भइरहेको कार्य एवं क्रियाकलापहरुको भरपूर प्रशंसा गर्दै सबै सबैप्रति आभार प्रकट गरिन्। आगामी दिनमा मन्दिरको सही संरक्षण एवं सम्बर्धनको निम्ति यसरी सबै एकजुट भइ कार्य गर्दै जाने सबै सबैप्रति शुभेच्छा एवं शुभकामना पनि प्रकट गरिन्। अन्तमा सभाध्यक्षाद्वारा आगामी ९ अगस्ट, २०२५ शनिबार अपरान्ह: ३ बजी तोकिएको जरुरी सभामा सबैलाई उपस्थित भइदिने निवेदनसहित सभा वर्खास्त गरिन् भनी श्री नागेश्वरी मन्दिर संरक्षण समितिको संयोजक बिराज थापाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement