मिरिकमा गुरु पद्मसम्भवको प्रतिमा स्थापनाकाेलागि भूमी पूजा

IMG-20250804-WA0125

गुरु पद्मसम्भवको प्रतिमा स्थापना गरिनु मिरिकको पर्यटन विकासमा ठूलाे टेवा पुग्नेछ: अनित थापा

मिरिक: साेमबार मिरिकमा गुरु पद्मसम्भवको प्रतिमा स्थापनाकाे लागि भूमि पूजा गरियाे। पाल्यूल ल्हाटुल रिन्पाेर्छेकाे मन्त्राेच्चारणकाे साथमा जीटीए मुख्य कार्यपाल अनित थापाले भूमि पूजा गरे। यस अवसरमा जीटीएका कार्यकारी सभासद अरूण सिंग्ची, सभासदहरू धुर्ब बम्जन, मिलेस राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत विभिन्न गुम्बाका प्रतिनिधिहरू उपस्थित थिए। यस अवसरमा बाेल्दै जीटीए प्रमुख अनित थापाले मिरिक झील परिसरमा गुरु पद्म सम्भवको प्रतिमा स्थापना गरिनु मिरिक पर्यटन केन्द्रकाे पर्यटन विकासमा ठूलाे टेवा पुग्नेछ भनी बताएका छन्। उनले गुरु पद्मसम्भवको प्रतिमा स्थापना राम्राेसित गर्न हामीले पनि साथ र सहयाेग गर्नुपर्छ भन्दै यसलाई बुद्धिष्टकाे मात्रै हाेइन सबैकाे सम्पत्ति भएको मान्नपर्छ भनी बताएका छन्। उनले प्रतिमा स्थापनाकाे लागि माटाे जाँच गर्नु पनि आवश्यक रहेकाे बताउँदै मिरिकमा विगतमा झील हेर्न मात्रै मानिसहरू आउँथे भने अबउसाे गुरु पद्म सम्भवको प्रतिमा हेर्न पनि आउनेछ जसले यहाँकाे धार्मिक पर्यटन पनि विकसित बन्नेछ भनी बताएका छन्। यस अवसरमा बाेल्दै सभासद धुर्ब बम्जनले मिरिककाे पर्यटन विकासकाे लागि पाल्यूल ल्हाटुल रिन्पाेर्छेलाई गुरु पद्म सम्भवकाे स्थपना मिरिक झील परिसरमा गरिदिने अनुराेध गरिएपछि प्रतिमा स्थपनाकाे लागि भुमि पूजा गरिएकाे जसले मिरिककाे पर्यटन विकासमा ठूलाे टेवा पुग्नेछ भने। कार्यक्रममा पाल्यूल ल्हाटुल रिन्पाेर्छेले प्रतिमा स्थपना र गुरु पद्म सम्भवकाे महत्त्वबारे विस्तृत जानकारी गराए। यसभन्दा अघि जीटीए चिफ् अनित थापालाई मिरिकमा भव्य स्वागत गरियाे भने थापाले पाल्यूल ल्हाटुल रिन्पाेर्छेकाे दर्शन पनि गरे।

अर्काेतिर प्रतिमा स्थपनाको लागि मिरिक झील परिसरमा जारी तीन दिवसीय फुर्बा पुजाकाे समापन पनि साेमबार भयाे। समापनकाे दिन पाल्यूल ल्हाटुल रिन्पोर्छेकाे वाहुलीबाट वाङ वितरण गरियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement