खरसाङ: तीनधारे हिल १० किलोमीटर रनको प्रमोशनको लागि दार्जिलिङदेखि तीनधारेसम्म प्रमोशनल रन सम्पन्न भएको छ। तीनधारेमा आगामी ७ सेप्टेम्बरमा हुने हिल १० किलोमीटर रनलाई लिएर हिमालयन रनर घुम दार्जिलिङका ३५-४० जना रनरहरुले बिहान ३ बजी दार्जिलिङदेखि तीनधारेसम्म कुदेर आएका थिए। ती सबै रनहरुलाई आयोजक समितिले स्वागत जनाएका छन्। आयोजक समितिको तर्फबाट सभासद नवराज छेत्री र युवराज सुन्दास र अन्यले स्वागत जनाएका थिए। सबै रनरहरुलाई आयोजक समितिको तर्फबाट तीनधारेको महात्मा गाँधी हलमा स्वागत जनाएका थिए।

उल्लेखनीय छ तीनधारेमा आगामी ७ सेप्टेम्बरमा हिल १० किलोमीटर रन ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि साथै स्वास्थ्य नै धन हो भन्ने उद्देश्यका साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र तीनधारे नर्सको संयुक्त आयोजनामा हुन गईरहेको छ। उक्त रनलाई लिएर हालमा ट्रायल रन साथै प्रमोशनल रन आयोजना भईरहेको छ।