युथ फ्रण्ट सुपर लीगः चेन्नईयन एफसी विजयी

IMG-20220919-WA0207.jpg

१९ सेप्टेम्बरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा सोमवार चेन्नईयन एफसी-ले जीत हासिल गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत आज भएको म्याचमा चेन्नईयन एफसी-ले गोवा एफसी-लाई २-०-ले पराजित गऱ्यो। रोहित मुर्मुलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा मुख्य अतिथिको रूपमा राजेन भण्डारी र अतिथिको रूपमा बहादुर गुरुङ उपस्थित थिए। यसअघि आइतवार खेलिएको म्याचमा एटीके मोहन बगानले केरला ब्लास्टर्सलाई २-०-ले पराजित गऱ्यो। सञ्जु साइबोलाई प्लेयर अव् द म्याच चयन गरियो।

आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का नामी-दामी टीमहरूका रूपमा राखिएको छ। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। प्रत्येक ग्रुपबाट विजेता अनि उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। फाइनल ३ अक्टोबरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *