खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाडीधुरास्थित गाडीधुरा नवदीप परिवारद्वारा आगमी २५ अगस्त २०२५ को दिन ८१औं बलिदान दिवस पालन गरिने भएको छ। यसको निम्ति जानकारी गराउँदै क्लबको पक्षबाट अनुप रामुदामुले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, गोर्खा स्वतन्त्रता सैनानी शहिद मेजर दूर्गा मल्ललाई अंग्रेज शासकद्वारा फाँसी दिइएको दिनलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम पालन गर्ने बताए। उक्त दिन हुने कार्यक्रममा गाडीधुरा बजारमा अवस्थित शहीद मेजर दुर्गा मल्लको शालिगमा श्रद्धाञ्जली अर्पण गर्ने त्यस पश्चात गाडीधुरा सार्वजनिक भवनमा रक्तदान सिशिरको आयोजना हुने र अन्त्यमा “म कवि” नामक खुल्ला कविता वाचन प्रतियोगिता आयोजना गरिने भएको जानकारी गराएका छन्। यस प्रतियोगितामा अंशग्रहण गर्नको निम्ति क्लबको पक्षबाट प्रतियोगि फारम साथै नियमवाली आगमी ५ अगस्तदेखि उपलब्ध गराउने र यी फारमहरूको निम्ति खरसाङमा सुवास छेत्री “भावुक”, सुर्दशन प्रधान “अम्बटे”सित सम्पर्क गर्ने साथै क्लबका सदस्यहरूसित सोझै सम्पर्क गर्न सक्ने जानकारी गराएका छन्। बलिदान दिवसको दिन हुने श्रद्धाञ्जली कार्यक्रमबारे अघिल्ला दिनहरूमा सञ्चार माध्यमबाट अधिक जनाकारी दिइने पनि उनले बताएका छन्।
आजको प्रेस भेलामा क्लबका सभापति गोबिन्द छेत्री, सचिव रोशन बिश्बकर्म, कोषाध्यक्ष सुवास छेत्री साथै आनन्द विश्वकर्मको उपस्थिति रहेको थियो भने क्लबका पक्षबाट सम्पूर्ण साहित्य प्रेमी, भाषा अनुरागीहरूलाई कविता वाचन प्रतियोगितामा अंशग्रहण गरिदिने आग्रह गरिएको छ।