खरसाङमा भाषा मान्यता दिवासलाई लिएर सभा सम्पन्न

IMG-20250804-WA0115

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागले जीटीएका विभिन्न स्थानहरुमा जस्तै खरसाङमा पनि नेपाली भाषा मान्यता दिवस भव्यताका साथ पालन गर्ने भएको छ। यसको निम्ति आज खरसाङको टाउन सार्वजनिक भवनमा एउटा सभा सम्पन्न भएको छ। सभामा विशेष गरी खरसाङमा भाषा मान्यता दिवस कसरी पालन गरिने र यसको निम्ति के कस्ता तयारीहरू गर्नुपर्ने भन्ने विषयमा चर्चा गरियो। खरसाङ नगरपालिका उपाध्यक्ष तथा जीटीए जनसम्पर्क अधिकारी सुवास प्रधानले सञ्चालन गरेको सभामा जीटीएको सूचना अनि सांस्कृतिक विभागका भारप्राप्त सभासद अनोश थापा, कार्यकारी सभासद रतन थापा, सभासद श्याम शेर्पा, जनसम्पर्क अधिकारी विज्ञान मिस्र, विभागीय अधिकारी गोविन छेत्री, भागोप्रमो नारी शक्ति प्रतिनिधि सबिता कार्की लगायत विभिन्न क्षेत्रका पञ्चायत सदस्यहरू अनि विभागीय सदस्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए सूचना एवम् सांस्कृति विभागका भारप्राप्त सभासद अनोश थापाले यसवर्ष पनि जीटीएले आफ्नो क्षेत्रमा महिनाव्यापी रुपमा पाँचवटा स्थानमा भव्यतासाथ नेपाली भाषा मान्यता दिवस पालन गर्ने भएको जानकारी गराए। उनले यसै अन्तर्गत खरसाङमा पनि आगामी २१ अगस्तमा स्थानीय विद्यार्थीहरूमाझ कविता आवृत्ति प्रतियोगिता गरिने तथा खुल्ला कविगोष्ठीको आयोजना गरिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement