हरमनप्रीतको कप्तानीमा अष्ट्रेलिया जाने भारतीय पुरुष हकी टीमको घोषणा

IMG-20250804-WA0105

नयाँ दिल्ली: हकी इण्डियाले अष्ट्रेलिया यात्राको निम्ति २४ सदस्यीय भारतीय पुरुष हकी टीमको घोषणा गऱ्यो। यस यात्रालाई एशिया कपको तयारीहरूलाई ध्यानमा राखेर महत्त्वपूर्ण मानिएको छ। भारतीय टीम १५ अगस्तदेखि शुरु हुने यस यात्रामा हरमनप्रीत सिंहको कप्तानीमा खेल्न ओर्लिनेछ। टीममा कर्नाटकका पूवन्ना सीबी नयाँ अनुहार हुन्, जसलाई अष्ट्रेलिया यात्राको निम्ति टीममा सामेल गरिएको छ। आउँदो साल नीदरल्याण्ड र बेल्जियममा हुने वर्ल्ड कपको निम्ति एशिया कप क्वालीफायर टुर्नामेण्ट हुनेछ, जुन २९ अगस्तदेखि बिहारको राजगीरमा खेलिनेछ। यसको तयारीको निम्ति भारतीय टीमले १५–देखि २१ अगस्तसम्म पर्थमा अष्ट्रेलियाविरुद्ध ४ वटा म्याच खेल्नेछ। भारतीय टीमले ८ अगस्तमा बेंगलुरुबाट अष्ट्रेलिया प्रस्थान गर्नेछ, जहाँ भारतीय खेल प्राधिकरण केन्द्रमा शिविर चलिरहेको छ। एशिया कपअघि यस यात्राको महत्त्वबारे प्रश्न गरिँदा मुख्य प्रशिक्षक क्रेग फुल्टनले भने, हाम्रो ध्यान शारीरिक अनुकूलमा सुधार गर्ने अनि तक्निकी पक्षहरूमाथि रहनेछ। हामीले केही युवाहरूलाई दबाउमा खेल्ने क्षमता जाँच्न अनि जरुरी एक्सपोजर दिन चयन गरेका छौं।
अष्ट्रेलिया यात्राको निम्ति भारतीय पुरुष हकी टीम यसप्रकार छः
गोलकीपरः कृष्ण बी पाठक र सूरज करकेरा
डिफेण्डरः हरमनप्रीत सिंह (कप्तान), सुमित, जरमनप्रीत सिंह, सञ्जय, अमित रोहिदास, नीलम सञ्जीप सेस, जुगराज सिंह, पूवन्ना सीबी
मीडफिल्डरः राजिन्दर सिंह, राजकुमार पाल, हार्दिक सिंह, मनप्रीत सिंह, विवेक सागर प्रसाद, रविचन्द्र सिंह मोइरांगथम, विष्णु कान्त सिंह
फरवर्डः मनदीप सिंह, शिलानन्द लाकड़ा, अभिषेक, सुखजीत सिंह, दिलप्रीत सिंह, सेल्वम कार्ति र आदित्य लालागे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement