जनजाति सुरक्षा मञ्च, सिक्किम शाखाको कार्यक्रम

IMG_20220920_001028.jpg

गान्तोक: आइतवार जनजाति सुरक्षा मञ्च, सिक्किम शाखाको उत्तर सिक्किमको मंगनमा एक महत्वपूर्ण कार्यक्रम आयोजन गरियो। कार्यक्रमको मुख्य विषय मञ्चको मंगन जिल्ला समिति गठन एवं जागरूकता रहेको थियो। यस अवसरमा जनजाति सुरक्षा मञ्च, सिक्किम शाखाका अध्यक्ष छितेन टाशी भोटिया र राज्य संयोजक छुल्टिम भोटिया विशेष रूपमा उपस्थित थिए। यसै गरी, कार्यक्रममा मञ्चका अन्य पदाधिकारीहरू, गणमान्यजन आदिको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मञ्चका अध्यक्ष छितेन टाशी भोटियाले धारा ३७१एफ- को महत्व र इनर लाइन परमिट (आईएलपी) को आवश्यकतामाथि प्रकाश पारेका थिए। उनले जनजातिको सुरक्षा भए मात्र सिक्किमको पनि अस्तित्व बाच्ने छ भनी बताए।
जनजाति समुदायका मानिसहरूको जमिन बिक्री भइरहेको विषयमा सबैको ध्यान आकर्षित गर्दै भोटियाले सिक्किममा आईएलपी लागू गर्नु समयको माग रहेको बताए। उनले आईएलपी लागू भए राज्यका जनजाति र उनीहरूका जमिनको पनि सुरक्षा हुनेछ भनी बताए।
यसै गरी, मञ्चका संयोजक छुल्टिम भोटियाले जनजाति समुदायको सुरक्षामाथि बल दिॅंदै जनजातिको सुरक्षा नै देशको पनि सुरक्षा हो भनी बताए। उनले जनजाति समुदायको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमाथि आफ्ना कुराहरू राख्दै राज्यमा मञ्चका गतिविधिहरूमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा जनजाति सुरक्षा मञ्च, मंगन जिल्ला समिति गठन गरियो। कार्यक्रमलाई अन्य आमन्त्रित अतिथिहरूले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *