वेष्ट इण्डिजविरुद्ध टी२० सीरीज जित्न सफल पाकिस्तान

IMG-20250804-WA0091

लाउडरहिल: पाकिस्तानले तेस्रो तथा अन्तिम टी२० इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक वेष्ट इण्डिजलाई १३ रनले पराजित गरी ३ वटा म्याचको सीरीज २–१–ले जित्यो। सेण्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउण्डमा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनायो। जवाफमा वेष्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। पाकिस्तानको यस जीतमा दुईजना ओपनर साहिबजादा फरहान र सईम अयूबको महत्त्वपूर्ण योगदान रह्यो। यी दुवैले अर्द्धशतक बनाए। फरहान र अयूबले मिलेर पहिलो विकेटको निम्ति १६.२ ओभरमा १३८ रनको पार्टनरशीप गरी टीमलाई असल शुरुवात दिलाए। साहिबजादा फरहान ५३ बलमा ७४ रन बनाएर आउट भए। उनले ५ वटा छक्का र ३ वटा चौका लगाए। यसरी अयूबले ४९ बलमा ४ वटा चौका र २ वटा छक्काको साथ ६६ रन बनाए। हसन नवाजले १५ रनको योगदान दिए। यसरी खुशदिल शाह ११ र फरहान अशरफ १० रनमा अविजित रहे। वेष्ट इण्डिजका बलरहरूमा जेसन होल्डर, रोस्टन चेस र शमार जोसेफले १–१ विकेट लिए। चुनौतीपूर्ण लक्ष्यलाई अघि राखेर खेल्दै वेष्ट इण्डिजको शुरुवात असल रहेको थियो तर महत्त्वपूर्ण क्षणहरूमा विकेट गुमाउँदा टीमले हारको सामना गर्नु पऱ्यो। वेष्ट इण्डिजको तर्फबाट एलिक एथानजेले सर्वाधिक ६० रन बनाए। उनले ४० बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। यसरी शेरफेन रदरफोर्डले ३५ बलमा ४ वटा चौका र ३ वटा छक्काको साथ ५१ रन बनाए। यी दुईजनालाई छोड़ेर ओपनर जिवेल एण्ड्रूले २४ र रोस्टन चेसले १५ रन (रिटायर्ड आउट) बनाए। पाकिस्तानका बलरहरूमा हसन अली, मोहम्मद नवाज, हारिस रऊफ, सईम अयूब र सुफियान मुकीमले १–१ विकेट लिए। पाकिस्तानले साहिबजादा फरहानले प्लेयर अव् द म्याच र मोहम्मद नवाजले प्लेयर अव् द सीरीजको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement