ईंग्ल्याण्डविरुद्ध सीरीजमा भारतीय ब्याटरहरूका रेकर्ड प्रदर्शन

IMG-20250804-WA0087

लण्डन: भारतले टेस्ट क्रिकेटको इतिहासमा एउटा नयाँ कीर्तिमान स्थापित गऱ्यो। पहिलोपल्ट कुनै एउटा टेस्ट सीरीजमा ५ जना भारतीय ब्याटरले ४०० या त्यसभन्दा अधिक रन बनाए। यस ऐतिहासिक उपलब्धिमा कप्तान शुभमन गिल, रविन्द्र जडेजा, केएल राहुल, रिषभ पन्त र यशस्वी जयसवाल सामेल छन्। यसरी गिलले वेष्ट इण्डिजका महान क्रिकेटर सर ग्यारी सोबर्सको ५९ साल पुरानो रेकर्ड तोड़े। टीम इण्डियाले १९३२-देखि टेस्ट क्रिकेट खेलिरहेको छ अनि ९३ सालमा पहिलोपल्ट एउटा टेस्ट सीरीजमा ५ जना भारतीय ब्याटरले ४०० भन्दा अधिक रन बनाए। यस सूचीमा शुभमन गिल शीर्षमा छन्, जसले १० वटा ईनिंग्समा ७५४ रन बनाएका छन्। त्यसपछि केएल राहुलले १० वटा ईनिंग्समा ५३२, रविन्द्र जडेजाले १० वटा ईनिंग्समा ५१६, रिषभ पन्तले ७ वटा ईनिंग्समा ४७९ र यशस्वी जयसवालले १० वटा ईनिंग्समा ४११ रन बनाएका छन्। भारतीय ब्याटरहरूका निरन्तरता र सामूहिक प्रदर्शनले टीमलाई नयाँ उँचाईमा पुऱ्याएको यस आँकड़ाले साबित गर्छ।
ईंग्ल्याण्डविरुद्ध सीरीज शुरु हुन अघि अधिकांश पूर्व क्रिकेटरहरूले नै भारतलाई सीरीज जित्ने दावेदार मानेका थिएनन् तर भारतीय टीमले ईंग्ल्याण्डलाई पहिलो म्याचदेखि नै कड़ा चुनौती दिएर सबैलाई चकित बनायो। सीरीजको अवधि ससाना गल्तीहरूले गर्दा भारतले लर्ड्स र लीड्समा नजिकको म्याच गुमाउनु पऱ्यो। यस सीरीजको अवधि विशेषगरी भारतीय कप्तान गिलले रनको वर्षा गर्दै एकाधिक रेकर्ड बनाए। यस क्रममा उनले महान क्रिकेटर सोबर्सको रेकर्ड पनि तोड़े। गिल ईंग्ल्याण्डमा कुनै एउटा टेस्ट सीरीजमा सर्वाधिक रन (७५४) बनाउने कप्तान बनेका छन्। यसअघि यो रेकर्ड सोबर्सको नाममा रहेको थियो, जसले १९६६-को ईंग्ल्याण्ड यात्रामा ७२२ रन बनाएका थिए। यसरी दक्षिण अफ्रिकाका ग्रीम स्मिथले २००३-को ईंग्ल्याण्ड यात्रामा ७१४ रन बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement