भारत-ईंग्ल्याण्ड पाँचौं टेस्ट म्याच रोमाञ्चक मोड़मा

IMG-20250803-WA0172

लण्डन: भारत र ईंग्ल्याण्डबीच पाँचौं तथा अन्तिम टेस्ट म्याच रोमाञ्चक मोड़मा पुगेको छ। भारतले म्याच जित्न दिएको ३७४ रनको लक्ष्यलाई पीछा गर्दै ईंग्ल्याण्डले आइतवार खराब प्रकाशले गर्दा चाँड़ै खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ६ विकेट गुमाएर ३३९ रन बनायो। दिनको खेल समाप्त हुँदासम्म जेमी स्मिथ २ र जेमी ओवरटन ० रनमा अविजित थिए। यसरी ईंग्ल्याण्डलाई म्याच जित्न अझ ३५ रनको आवश्यकता छ जबकि भारतलाई म्याच जितेर सीरीजमा २–२-को बराबरी हासिल गर्न ४ विकेटको खाँचो छ।
ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा ह्यारी ब्रूकको साथमा जो रुटले शतक बनाए। यसमा ब्रूकले १४ वटा चौका र २ वटा छक्काको सहायताले ९८ बलमा १११ रन बनाए। यसरी रुटले १२ वटा चौकाको सहायताले १५२ बलको सामना गरी १०५ रन बनाए। यी दुईजनाले चौथो विकेटको निम्ति १९५ रनको पार्टनरशीप गरी ईंग्ल्याण्डलाई म्याचमा कायम राखे। भारतले पछिबाट ब्रूक र रुटको साथमा जेकब बेथेलको विकेट लगातार आउट गरी जीतको सम्भावनालाई कायम राख्यो। भारतीय बलरहरूमा प्रसिद्ध कृष्णाले ३ र मोहम्मद सिराजले २ विकेट लिए। ईंग्ल्याण्डलाई आज भाग्यले पनि साथ दियो अनि ब्रूकले १९ रनको व्यक्तिगत स्कोरमा कृष्णाको बलिंगमा मोहम्मद सिराजको हातमा जीवनदान पाए। उल्लेखनीय छ, भारतले आफ्नो पहिलो ईनिंग्समा २२४ र दोस्रो ईनिंग्समा ३९६ रन बनाएको थियो। यसरी ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा २४७ रन बनाएको थियो। पाँचवटा टेस्ट म्याचको सीरीजमा अहिले ईंग्ल्याण्ड २–१-ले अघि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement