युवा एकता संघको एकतर्फी जीत

photocollage_202583235412579

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा युवा एकता संघले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा आइतवार भएको एकतर्फी म्याचमा युवा एकता संघले मझुआ एफसी-विरुद्ध ५–२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पूजन सुब्बाले ह्याट्रिक गरे। उनले म्याचको छैटौं, ४८औं र ६४औं मिनटमा गोल गरे। यसबाहेक राजीव गुरुङ र सौरभ बर्मनले पनि १–१ गोल गरे। यसरी मझुआ एफसी-को तर्फबाट खोकन रोय र सुजन साइबोले गोल गरे। विजेता टीमका पूजन सुब्बाले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement